ग्यास अभावका बीच रौतहटमा प्रशासनको ‘सप्राइज’ छापा, १७ डिलरको पसल र भण्डारण कक्षमा चेकजाँच

0 Shares

कालोबजारी भेटिए कडा कारबाही गर्ने चेतावनी, उपभोक्तालाई ग्यास थुपारेर नराख्न प्रशासनको आग्रह

रौतहट, २४ साउन । मुलुकभर एलपी ग्यासको अभाव बढिरहेका बेला रौतहटमा स्थानीय प्रशासनले जिल्लाका १७ वटा ग्यास विक्रेतामाथि आकस्मिक अनुगमन गरेको छ ।
प्रशासनले गौर, गरुडा र चन्द्रपुर क्षेत्रका ग्यास डिलर तथा उनीहरूका भण्डारण कक्षमा पुगेर ग्यासको मौज्दात र वितरण अवस्थाबारे जानकारी लिएको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको नेतृत्वमा सुरक्षा निकायका प्रमुख सहितको टोलीले विभिन्न १७ वटा एलपी ग्यास विक्रेताको पसल तथा भण्डारण कक्षमा ‘सप्राइज चेक’ गरेको छ ।
अनुगमनका क्रममा जिल्लामा ग्यासको आपूर्ति कम भएका कारण अभाव देखिए पनि हालसम्म कालोबजारी भएको अवस्था फेला नपरेको प्रशासनले जनाए । प्रमुख जिल्ला अधिकारी भुसालले ग्यासको अभाव देखाएर कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने कार्य नगर्न विक्रेताहरूलाई स्पष्ट चेतावनी दिए ।
उनले उपभोक्ताहरूलाई पनि आवश्यकता भन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गर्दै डिलरहरूलाई सहज र नियमित रूपमा उपभोक्तालाई ग्यास उपलब्ध गराउन निर्देशन दिएको बताइएको छ ।
‘ग्यासको अभाव देखाएर कालोबजारी गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही हुन्छ,’ प्रमुख जिल्ला अधिकारी भुसालले चेतावनी दिदै विश्वको अवस्था असहज रहेको हुँदा त्यसको प्रभाव हाम्रो नेपालमा परेको हुँदा असहज परिस्थितिमा संयमता अपनाएर समय निकाल्न समेत उनले आग्रह गरे ।
बजार अनुगमन टोलीमा नेपाल प्रहरी रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपसचिव कुमार बुढाथोकी, प्रशासकीय अधिकृत मणीभूषण साह लगायतका सुरक्षा तथा प्रशासनका अधिकारीहरूको सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय रौतहटको प्रशासन शाखाका प्रमुख रामनरेश साहका अनुसार अनुगमन टोलीले ग्यासको मौज्दात, वितरणको अवस्था तथा उपभोक्ताले सहज रूपमा ग्यास पाइरहेको÷नपाइरहेको अवस्थाबारे स्थलगत जानकारी लिए । ग्यासको आपूर्ति संकटका कारण उपभोक्ता प्रभावित भइरहेका बेला प्रशासनले थालेको आकस्मिक अनुगमनलाई कालोबजारी नियन्त्रण तथा उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्ने प्रयासका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।