रौतहट, २५ साउन । रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवा गाउँमा विद्युत् लाइन सर्ट भएर एक दुईतल्ले घरमा भिषण आगलागी भएको छ ।
सोमवार विहान ७.४५ बजेको समयमा आगलागि हुँदा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब १९ लाख १३ हजार बराबरको घर जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, हेटौँडा उपमहानगरपालिका–४ घर भई हाल दुधिअवा बस्दै आएका दिपेन्द्र खरेलको काठले बनेको जस्तापाताको छाना भएको दुईतले घरमा आज विहान विद्युत् लाइन सर्ट भएर आगलागी भएपछि उक्त मूल्य बराबरको घर सहितको सम्पत्ती जलेर नष्ट भएका छन् ।
आगलागीको खबर पाउना साथ प्रहरी चौकी दुधिअवा, इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुर तथा सशस्त्र प्रहरी बेस विजयपुर लक्ष्मीनियाबाट खटिएका संयुक्त सुरक्षाकर्मी संगै स्थानीय बासिन्दाहरुले आगो निभाउनमा जुटे ।
बारा कोल्हबी नगरपालिकाबाट आएको दमकलको सहयोगमा बिहान ९ः१० बजेको समयमा आगो माथि पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
आगलागीबाट घर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ । घरभित्र रहेको नगद २ लाख नगद रुपैयाँ सहित अन्य सामान जलेर करिब १९ लाख १३ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डिएसपी गौतमले भने ।
प्रहरीको प्रारम्भीक अनुसन्धानबाट विद्युत् सर्ट भएर आगलागि भएपनि यसको मुल कारण वारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी समेत उलने दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन