0
Shares
रौतहट, २५ साउन । रौतहटको गौर नगरपालिका–३ मा खाजा घरको आवरणमा गाँजा बिक्री वितरण गरिएको अवस्थामा १२५ पुडिया गाँजा सहित संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, गौर नगरपालिका–६ का ३४ वर्षीय शुभ नारायण साहले सञ्चालन गरेका ‘काजल स्टील रेलिङ’ नामक खाजा घरमा गाँजा बिक्री वितरण भईरहेको प्राप्त सुचनाको आधारमा प्रहरी टोलीले उक्त पसलमा छापा मार्दा १२५ पुडिया गाँजा बरामद भएपछि संचालक साहलाई नियन्त्रणमा लिएको हो ।
बरामद गाँजाको तौल करिब ७ सय ग्राम रहेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी खाजा पसल संचालक साहलाई नियन्त्रणमा लिएर बरामद गाँजासहित आवश्यक अनुसन्धान अघि बढाएको जनाए ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै थप आवश्यक अनुसन्धान जारी रहेको उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन