रौतहट, २५ साउन । भारतीय राजदुत संग भेटघाट लगतै प्रधानमन्त्री बालेन्द्र शाहले चिनिया राजदूत बीच पनि भेटवार्ता भएका छन् ।
प्रधानमन्त्री शाहले नेपाल र चीन बीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।
सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चिनियाँ राजदूत झाङ माओमिङ सँग आज भएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउन साझा हितका विषयमा मिलेर अघि बढ्नुपर्ने लगायतका सकारात्मक कुरा भएको बुझिएको छ ।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार भेटमा नेपाल–चीन सम्बन्ध सुदृढीकरण, विभिन्न क्षेत्रमा सहयोग विस्तार तथा विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भयो ।
भेटका क्रममा चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल र चीनबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन