व्यवस्थित सडक र नाला निर्माणबाट डुवानको समस्याबाट नगरबासी मुक्ति पाउने मेयर गुप्ताको विश्वास

1122 Shares

रौतहट, १६ मंसिर । व्यवस्थित सडक र नालाको अभावमा बर्षेणी बर्षाको समयमा डुबानको समस्या खेप्न बाध्य रहेको रौतहटको सदरमुकाम गौरमा युद्धस्तरमा सडक नालाको कार्य भईरहेका छन् ।
सामान्य बर्षामा पानीको उचित निकास नहुँदा डुवानको समस्या खेप्दै आएको नगरबासीलाई यसपाली उक्त समस्यामा मुक्ति पाउने विश्वास लिइएको छ । नगरको घनाबस्तीहरुमा नालाको निर्माण संगै सडकलाई अग्लो बनाउने काम यद्धस्तरमा भईरहदा यसपाली उक्त समस्याबाट मुक्ति पाउने गौर नगरपालिकाको प्रमुख अजयकुमार गुप्ताले विश्वास व्यक्त गरेका हुन् ।


गौरलाई स्मार्ट सिटी बनाउने उद्देश्यबाट नेपाल सरकारद्धारा लागि गरिएको परियोजना अनुसार शहरी तथा पूर्वाधार विकास डिभिजन कार्यालय विरगंजबाट ठेक्का सकार गरेर आश्रय निर्माण सेवाले गत २ बर्ष देखि सडक र नालाको क्षेत्रमा काम गर्दै आएपनि विभिन्न बाधा अवरोधका कारण निर्माण कार्य गति लिएको देखिएन तर अहिले नगरको घना बस्तीमा पनि नाला र सडकको कामहरु धमाधम भईरहदा विकासको कार्यमा गति लिएको उनले महसुस गरे ।


पहिलो र दोश्रो प्याकेज गरेर झण्डै एक अर्व ३६ करोडको उक्त परियोजनाको म्याद फागुन मसान्त सम्म रहेको हुँदा निर्माण पक्षलाई पटक पटक ताकेता गरेर अबरुद्ध भएको स्थानमा समन्वय गराई निर्माण कार्यलाई तकारुक्ताका साथ अघि बढाउन सघाउ पुर्याउदा यसपालि सडक र नालाको कारण गौर नगर डुवानमा नपर्ने उनले दाबी गरे ।
सामान्य कुरामा अदालतमा रिट हालेर विकास निर्माणको कार्यमा प्रतिकूल असर पारिरहेको कारण कामले खासै गति गत आर्थिक बर्ष सम्म लिन नसकेपनि चालु आर्थिक बर्षमा कामको गति हेर्दा स्थानीय बासिन्दाहरु आफै कम्पाउण्ड वाल भत्काएर नाला र सडक बनाउने कार्यमा सहयोग पुर्याइरहेकोमा नगरवासीलाई धन्यबाद समेत मेयर गुप्ताले दिए ।


नगरको बाहिरी सडक रिंग रोडको निर्माण प्रक्रिया अन्तिम चरणमा रहेको तथा नगरको भित्र बाटोहरुमा विभिन्न समयमा आएको अवरोधहरु विस्तारै मत्थर हुँदै जाँदा निर्माण कार्यलाई तदारुक्ताका साथ अघि बढाइएको आश्रय निर्माण सेवाका प्रोपराइटर रामअश्रे साहले बताए । गौर शहरलाई नमूना बनाउन आफू कुनैपनि कसुर नछाडेको तर सुरुको दुई बर्षमा यहाँ काम गर्न नदिने मानसिकताबाट ग्रसित केही व्यक्तिहरुको अवरोधको कारण काममा निकै ढिलाई भएको तर निर्धारित समयमै कामहरु सम्पन्न गर्ने लक्ष्य रहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार