डिजे बजाउने विरुद्ध सर्लाही प्रहरी एक्सनमा, डिजे संचालक सहित दुई जना नियन्त्रणमा

0 Shares

सर्लाही, २५ साउन । जिल्ला सुरक्षा समिति सर्लाहीले सुरक्षा व्यवस्थालाई मध्य नजर राखेर डिजे बनाउन प्रतिबन्ध लगाएका विपरित डिजे बजाएर ध्वनि प्रदूषण गर्दै हिडिरहेको आरोपमा गाडी र दुई जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस विज्ञप्तीमा नेपाल सरकार मन्त्रि परिषद्को निर्णय तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समिति सर्लाहीको निर्णय विपरीत मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने गरी ठूलो आवाजमा डिजे बजाइएको सूचनाका आधारमा प्रहरीले एक्सनमा आएर कारवाही गरेको हो ।
प्रहरीले मलंगवा नगरपालिका–९, गोरखकालीबाट डिजे जडित बा. १५ च ४२९१ नम्वरको गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले गाडीमा जडान गरिएका विभिन्न साउण्ड शिष्टमका सामग्री समेत नियन्त्रणमा लिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
डिजे सहित नियन्त्रणमा लिनेमा हरिपुर नगरपालिका–७ का ५५ वर्षीय जोगेश्वर पण्डित (डिजे सञ्चालक) र बागमती नगरपालिका–४ का २३ वर्षीय जगन्नाथ साह (डिजे जडित गाडीका चालक) रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले नियन्त्रणमा लिइएको योद्धा गाडी तथा डिजे सम्बन्धी सामग्री र व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा ध्वनि प्रदूषण गराउने गरी डिजे नबजाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । आदेशको अवज्ञा गरी त्यस्ता गतिविधि गरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी समेत प्रहरीले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।