0
Shares
रौतहट, २५ साउन । लालबकैया खोलामा पानीको बहाव बढेपछि मौलापुर नगरपालिका–१ मर्यादपुरमा पुनर्निर्माण गरिएको बाँध फुट्ने अवस्थामा पुगेको छ।
बाँधमा फुट्न करिब ०.५ मिटर मात्र भाग बाँकी रहेकाले जुनसुकै बेला बाँध फुटेर बस्तीमा बाढी पस्न सक्ने अत्यन्त उच्च जोखिम रहेको हुदा प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले स्थानीय बासिन्दालाई सुरक्षित एवं सजग भएर बस्न आग्रह गरेको हो ।
उक्त क्षेत्ररमा सुरक्षा टोलीलाई हाई अलर्टमा राखिएको जानकारी गराउदै प्रजिअ भुसालले सम्भावित जनधनको क्षति रोक्न सम्बन्धित निकाय, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि तथा आम नागरिकले तत्काल आवश्यक सतर्कता र उद्धार सुरक्षा तयारीमा जुट्न अनुरोध गरे ।
मर्यादपुर तथा आसपासका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानतर्फ जान तयार रहन आग्रह गरिन्छ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन