सबारी ज्यान मुद्दामा मौलापुर–३ का वडाध्यक्ष सहित दुई जना प्रहरी नियन्त्रणमा

0 Shares

रौतहट, २६ साउन । रौतहटको मौलापुर नगरपालिका–३ मा गत बर्ष भएको मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु भएको प्रकरणमा प्रहरीले वडाध्यक्ष सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी प्रेस नोटमा, मौलापुर नगरपालिका–३ विद्युत कार्यालय नजिक मौलापुर–जयनगर सडकखण्डमा २०८२ साल असार ६ गते दिउँसो १ः४० बजेको समयमा मौलापुर–३ का वडा अध्यक्ष महेश महतो कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र सोही स्थानका २८ वर्षीय त्रिकिशोर कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएका थिए ।
दुर्घटनामा कुशवाहाले चलाएको मोटरसाइकलको पछाडि सवार सोही स्थानका करिब २० वर्षीय निरज कुशवाहा गम्भीर घाइते भएको थियो । उपचारका क्रममा उनको २०८२ साल माघ १७ गते बिहान करिब १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
घटनापछि प्रहरीले सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको जानकारी दिदै रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले हिजो साउन २५ गते वडाध्यक्ष महेश महतो कोइरी र त्रिकिशोर कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिइएको बताए ।
दुवै जनालाई नियन्त्रणमा लिएर दुर्घटनाको कारण, चालकको भूमिका तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भईरहेको समेत डिएसपी गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।