रौतहट, २६ साउन । लालबकैया खोलामा पानीको बहाव तीव्र रूपमा बढेपछि मौलापुर नगरपालिका–१ मर्यादपुरमा पुनर्निर्माण गरिएको बाँध फुट्ने उच्च जोखिममा परेको छ ।
बाँध फुट्न अब करिब ०.५ मिटर मात्र भाग बाँकी रहेकाले जुनसुकै बेला बाँध भत्किएर बस्तीमा बाढी पस्न सक्ने खतरा बढेको हो ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।
प्रजिअ भुसालले सम्भावित जनधनको क्षति रोक्न सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको जानकारी दिए । साथै सम्बन्धित निकाय, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि तथा आम नागरिकलाई तत्काल आवश्यक सतर्कता अपनाउँदै उद्धार तथा सुरक्षा तयारी अवस्थामा राख्न निर्देशन दिए ।
बाँध फुटेमा मर्यादपुरसहित आसपासका बस्तीमा बाढी पस्न सक्ने जोखिम रहेकाले स्थानीय बासिन्दालाई अनावश्यक रूपमा जोखिम क्षेत्रमा नजान र आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ जान तयार रहन आग्रह गरिएको छ ।
प्रशासनले अवस्था गम्भीर रहेकाले बाँधको अवस्थाबारे निरन्तर निगरानी र आवश्यक उद्धार तयारीलाई प्राथमिकतामा राखेको जनाए । चुरे रेञ्जमा बर्षा भयो भने कुनैपनि बेला बकैया नदीमा पानीको बहाव बढ्ने वित्तिकै बाँध फुट्ने उच्च जोखिम रहेको हुँदा उक्त स्थानमा सुरक्षाकर्मीहरुले सुक्ष्म निगरानी राख्दै तत्कालै मर्मत गर्ने तर्फ आवश्यक उपायहरुको तयारी भईरहेको प्रजिअ भुसालले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन