मधेशमा प्रदेश प्रहरी गठनको कानुनी प्रक्रिया तीव्र, मन्त्री महतोको नेतृत्वमा गृहकार्य अघि बढ्यो

0 Shares
धनुषा, २७ साउन । मधेशमा प्रदेश प्रहरी गठन तथा सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले पहल थालेको छ ।
मन्त्री महतोको नेतृत्वमा प्रदेश प्रहरी सम्बन्धी कानुन, नियमावली तथा आवश्यक विधेयकलाई व्यवस्थित गर्ने प्रक्रिया अघि बढाइएको हो ।
मधेश सरकारले प्रदेश प्रहरी सेवाका लागि ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५’ यसअघि नै जारी गरिसकेको छ । उक्त ऐनले दिएको अधिकार अनुसार प्रदेश प्रहरी नियमावली, २०७७ समेत निर्माण गरी मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको प्रदेश सरकारले जनाए ।
प्रदेश प्रहरी सम्बन्धी कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्री महतोको संयोजकत्वमा कानुन मस्यौदा तथा परिमार्जन समिति गठन गरिएको थियो । समितिले नियमावलीका नियम १ देखि १४८ सम्म छलफल गरी आवश्यक निर्णय तथा परिमार्जन गरेको जनाइएको छ ।
संघीय प्रहरी प्रशासन र प्रदेश प्रहरी बीच अधिकार तथा जिम्मेवारी स्पष्ट पार्ने उद्देश्यले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्य, सञ्चालन, सुपरिवेक्षण तथा समन्वय सम्बन्धी विधेयक र प्रहरी कर्मचारी समायोजन सम्बन्धी विधेयक समेत प्रक्रियामा रहेका छन् ।
समितिबाट तयार पारिएका प्रदेश प्रहरी सम्बन्धी कागजात तथा पूरा गरिएका कानुनी प्रक्रियाका विवरण संघीय गृहमन्त्री सुदन गुरुङलाई हस्तान्तरण गरिएको जनाइएको छ ।
प्रदेश सरकारले संघीय सरकारसँग आवश्यक समन्वय गर्दै प्रदेश प्रहरी गठन र सञ्चालनका लागि कानुनी आधार तयार पारिरहेको जनाएको छ । प्रक्रिया अघि बढेसँगै प्रदेश प्रहरीको अधिकार क्षेत्र, जिम्मेवारी तथा संघ–प्रदेशबीचको समन्वय थप स्पष्ट हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।