सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र यादवको कार्यशैलीबाट सेवाग्राहीहरु अनावश्यक सास्ती खेप्दै

0 Shares
रौतहट, २७ साउन । जिल्ला प्रशासन कार्यालय रौतहटमा नागरिकता लगायतका प्रशासनिक सेवा लिन पुग्ने सेवाग्राहीहरु अनावश्यक सास्ती खेप्नुपरेको गुनासो बढ्दै गएको छ ।
विशेषगरी सहायक प्रमुख जिल्ला अधिकारी जीतेन्द्रकुमार यादवले सेवाग्राहीलाई सहज रूपमा सेवा नदिएको तथा आवश्यक कागजात पूरा गरेर आएका नागरिकलाई समेत अनावश्यक घुमाउरो पारामा दुःख दिने गरेको आरोप लागेको हो ।
सेवाग्राहीका अनुसार आवश्यक प्रमाण तथा कागजातसहित नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय गौर पुग्दा पनि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था छ । सहायक प्रमुख जिल्ला अधिकारी यादव कार्यालयमा उपस्थित हुँदा समेत समयमै सेवा प्रवाह नगर्ने यो कागजात चाहियो, त्यो कागजात चाहियो भन्दै विभिन्न किसिमका दुख दिने गरेको व्यवहारबाट सेवाग्राहीहरु पिडित बन्दै गएका छन् ।
संविधानसभा सदस्य बबन सिंहले सामाजिक सञ्जाल मार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै रौतहटमा नागरिकता लिन सेवाग्राहीले लामो समयदेखि समस्या भोग्नुपरेको बताए । उनले नेपाली नागरिकलाई महिनौ सम्म नागरिकता लिन दुःख दिइँदा सरकारको मौनताले के सन्देश दिन्छ भन्दै प्रश्न उठाएका छन् ।
दुर्गा भगवती गाउँपालिका–५ का राजेश कापडले नागरिकताको प्रतिलिपि लिन जिल्ला प्रशासन कार्यालय पुग्दा सहायक प्रमुख जिल्ला अधिकारीले आफ्ना बुवाको मृत्यु दर्ता प्रमाणपत्र मागेको र त्यसका कारण आफू २० दिनदेखि प्रशासन कार्यालय धाउनु परेको गुनासो गरे ।
त्यस्तै, दुर्गा भगवती गाउँपालिकाकी फुलकुमारी देवीले नागरिकताको प्रमाणपत्र लिन एक महिनादेखि जिल्ला प्रशासन कार्यालय धाउँदा समेत सेवा पाउन नसकेको गुनासो गरेकी बताइएको छ । नागरिकता लगायतका अत्यावश्यक प्रशासनिक सेवा नागरिकको मौलिक अधिकारसँग जोडिएको भन्दै सेवाग्राहीले सेवा प्रवाहलाई सहज, छिटो, पारदर्शी र जवाफदेही बनाउन सम्बन्धित निकायले तत्कालै पहल गर्न माग गरेका छन् ।
सहायक प्रजिअ यादवमाथि लगाइएका आरोपबारे आधिकारिक प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि उनी हाजिर गरेर कार्यालय वाहिर रहदा सम्पर्क हुन सकेनन । उनले प्रयोग गर्ने सरकारी नम्वर ९८५५०४७७७२ मा कल गर्दा फोन रिसिभ गर्नु भएन । यसरी एउटा जिम्मेवारी पदाधिकारी भएर सम्पर्क विहिन बन्नु गम्भीर विषय बनेको छ ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसाल संग कुरा गर्दा जनताकै कामको सिलसिलामा फतुवा विजयपुर नगरपालिकामा आएको जानकारी दिदै कार्यालयको दैनिकी कामकाज गर्न सहायक सरलाई जिम्मेवारी दिएर आएको उनले स्पष्ट पारे । मैले गर्नुपर्ने कार्यहरुलाई यहाँबाट फर्किएपछि पुरा गर्ने गरी काम गर्न निर्देशित गरेको समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।