सर्लाही, २८ साउन । श्रोत खुल्न नसकेको ठूलो रकम सहित एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा, ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार नेपाली रुपैया सहित महोत्तरी गौशाला नगरपालिका–१२ का ५७ वर्षीय जगन्नाथ महतो कोइरी पक्राउ परेका हुन् ।
भारतबाट सर्लाहीको वयलवास तर्फ स्कुटरमा ठूलो रकम ल्याउदैछ भनेर प्राप्त सुचनाका आधारमा प्रहरीले थापेको सप्राइज चेकजाँचको क्रममा ज.१० प ८६५२ नम्बरको स्कुटरलाई रोकेर चोकजाँच गर्दा महतोले बोकेको कालो झोलाभित्र लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको सर्लाही प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद गौतमले बताए ।
उनका अनुसार बरामद भएका रकममा १ हजार दरका ३ हजार ५०० थान, ५ सय दरका ३ हजार २०८ थान, १ सय दरका ७०० थान र ५० दरका २०० थान नोट रहेको छ ।
भारतबाट रकम ल्याइएको र रकमको स्रोत नखुलेका कारण हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा डिएसपी गौतमले गरेको बताउदै उनले पक्राउ परेका महतोलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट