zoom login zoom meeting - zoom login zoom meeting zoom classroom download zoom client join meeting download download zoom meeting recording from link download from zoom zoom download pc windows 11 how do you download zoom for free zoom meeting joining 2012

नेपाल विरुद्ध चिनियाँ हस्तक्षेपकारी कदमको जनमपुरमा विरोध प्रदर्शन

   २८ पुष २०७८, बुधबार ०९:५०  

जनकपुरधाम, २८ पुस । नेपालमा बसेर विरोधी गतिविधि गर्दै आएको चीनको हस्तक्षेपकारी कदम विरुद्ध जनकपुरमा मंगलवार साँझ उग्र प्रर्दशन भएको छ ।
राष्ट्रिय एकता अभियानले मंगलबार साँझ चिनियाँ हस्तक्षेपकारी कदमविरुद्ध विरोध प्रदर्शन गरेको हो । राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवको नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा नेपालका लािग चिनियाँ राजदुत होउ यान्छिको पुत्ला जलाएर प्रदर्शन गरेका छन् ।
दर्जनौं मानिस सहभागी भएको विरोध प्रदर्शनका क्रममा गो ब्याक चाइना एवं चीन मुर्दावाद भन्दै विरोधकर्ताहरुले नारा लगाए । चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुल्ला गर र नेपाली विद्यार्थीहरुको पढाइ सुचारु गर भन्ने नारासहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
खास गरी चीनले अहिले नेपाली भुमी प्रयोग गरी भारतविरुद्ध रणनीतिक कमद चाल्ने योजनाका साथ कमला नदीमाथि अघि बढाइरहेको योजनामाथि समेत विरोधकर्ताहरुले संकेत गरेका छन् । सिन्धुली हुँदै उदयपुर, सिरहा र धनुषाको सिमाना भएर बग्ने नेपालको महत्वपूर्ण नदी कमलामा भण्डारण तथा अन्य प्रयोजनका लागि चिनियाँ कम्पनीले काम अघि बढाउन तयारी गरेको छ ।
चीनले नेपाली भुमी प्रयोग गरी भारतविरुद्ध रणनीतिक कदम चाल्न सक्ने र तीनै देशबीचको सम्बन्धलाई विथोल्न चीन सक्रिय रहेको आरोप लगाउदै चीनविरुद्ध प्रदर्शन गरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै