पत्रकार किशोर श्रेष्ठको बिना शर्त रिहाइको माग गर्दै महासंघको आह्वानमा आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना

0 Shares

रौतहट, २८ साउन । पत्रकार किशोर श्रेष्ठको तत्काल रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिने भएको छ ।
महासंघले धर्नामा सहभागी हुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आह्वान गरेको हो ।
महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै पत्रकार श्रेष्ठको बिना शर्त रिहाइको माग सहित धर्नामा सहभागी हुन पत्रकार तथा प्रेस स्वतन्त्रताका पक्षधरलाई आह्वान गरे ।
नेपाल प्रहरीले हिजो जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट आज बिहानै प्रहरीले जनआस्था साप्ताहिकको सानेपा स्थित कार्यालयमा समेत खानतलासी गरेको छ ।
श्रेष्ठको पक्राउ र सञ्चारगृहमा गरिएको खानतलासी प्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाए । हिजो राति नै महासंघ अध्यक्ष निर्मला शर्मा सहित पत्रकारहरुको टोलीले काठमाडौं प्रहरी परिसर अगाडि पुगेर विरोध प्रदर्शन गरेको थियो ।
महासंघले श्रेष्ठलाई बिनाशर्त तत्काल रिहा गर्न माग गर्दै माग सम्बोधन नभए थप कडा आन्दोलनमा जाने चेतावनी दिए ।
यता प्रहरीले भने पत्रकार श्रेष्ठलाई वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ । श्रेष्ठमाथि लागेको आरोपबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
पत्रकार पक्राउ र सञ्चारगृहमा भएको खानतलासीको विषयलाई लिएर महासंघले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सवाल उठाउँदै आन्दोलन अघि बढाउने संकेत दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।