रौतहट, २९ साउन । रौतहटको गरुडाबाट बोलबममा जानेक्रममा भारतको झारखण्डको कोडरमा जिल्लाको सतगावाँ थाना क्षेत्रमा बस र ट्रक एकआपसमा ठोक्किदा बसमार सवार ३ जनाको मृत्यु भएको छ ।
गरुडा नगरपालिका–६ पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित बैद्यनाथ धाम तर्फ ना.६ ख १५५४ नम्बरमा सवार भएर बोलबममा हिडेका थिए । यात्राकै क्रममा आज शुक्रबार बिहान करिब ३ बजेको समयमा मालवाहक ट्रकसँग ठोक्किएपछि उक्त दुखद घटना भएको हो ।
दुर्घटनामा परेर गरुडा–६ पोठियाहीका ६० वर्षीय नवल जयसवाल, उनकी श्रीमती र १० वर्षीय शिवम महतोको मृत्यु भएको भारतीय मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मृतकको परिचय तथा अन्य घाइतेको विवरण थप खुल्ने क्रममा रहेको भारतीइ मिडियाले जनाउ ।
बसमा ४५ जना तीर्थयात्री सवार थिए । बासुकीनाथ दर्शनपछि देवघर हुँदै राजगीर जाने क्रममा सतगावाँ क्षेत्रमा बस र मालवाहक ट्रक एक आपसमा ठोक्किएका थिए । ट्रकको भारतीय नम्बर भने खुल्न सकेको छैन ।
ट्रकसँग ठोक्किए पछि बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ । दुर्घटनाको खबर पाएलगतै सतगावाँ प्रहरीले घटनास्थल पुगेर घाइतेको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाएको भारतीय सञ्चारमाध्यमले जनाए ।
सतगावाँ थाना प्रमुख बब्लु सिंहले प्रारम्भिक अनुसन्धानका क्रममा बस चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने देखिएको बताए । यद्यपि दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीलाई उढृत गर्दै भारतीय मिडियाले उल्लेख गरेको छ ।
दुर्घटनाको खबर गाउँमा फैलिएपछि पोठियाही गाउँ शोकमा डुबेका छन् । मृतक तथा घाइतेका आफन्तहरू शुक्रबार बिहानै चारवटा सवारीसाधन रिजर्भ गरेर भारततर्फ गएको बताइएको छ ।
दुर्घटनामा मृत्यु तथा घाइते हुने अधिकांश रौतहटको गरुडा–६ पोठियाहीकै बासिन्दा रहेको छ ।
दुर्घटनापछि पोठियाहीमा आफन्तको रोदन र पीडाले गाउँ नै स्तब्ध बनेको छ । तीर्थयात्रामा निस्किएका गाउँका बासिन्दा दुर्घटनामा परेपछि परिवारजनमा गहिरो शोक छाएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन