वीरगञ्ज, ३० साउन । भारत स्वतन्त्र भएको आज ८० औं बर्षमा प्रवेश गरेको सुखद अबसरमा देश विदेशमा स्वतन्त्रता दिवसलाई उत्सवको रुपमा मनाइरहेका छन् ।
सोही अवसरमा वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासले पनि आफनो ८० औं स्वतन्त्रता दिवसलाई भव्य, उत्साहपूर्ण तथा देशभक्तिपूर्ण वातावरणमा मनाएका हुन् ।
समारोहको सुरुवात ‘वन्दे मातरम्’ को प्रस्तुतिबाट पश्चात महावाणिज्यदूत देवी सहाय मीनाले राष्ट्रिय झण्डा फहराउनुका साथै झण्डोत्तोलन, सामूहिक रूपमा भारतीय राष्ट्रिय गान प्रस्तुत गरियो ।
महावाणिज्यदूत मीनाले भारतका राष्ट्रपतिद्वारा स्वतन्त्रता दिवसको अवसरमा जारी गरिएको सम्बोधन वाचन गरे । उनको सम्बोधन पछि वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थी तथा विशेष क्षमता भएका बालबालिकाले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण बने ।
विद्यार्थी तथा बालबालिकाले देशभक्ति पूर्ण गीत, नृत्य र नाटक मार्फत भारतको सांस्कृतिक विविधता, राष्ट्रिय एकता र देशप्रेमको भाव प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तुतिले समारोहमा उत्साह थपेको थियो भने उपस्थित दर्शकले ताली बजाउँदै प्रशंसा व्यक्त गरेका थिए ।
महावाणिज्यदूत मीनाले उत्कृष्ट सांस्कृतिक प्रस्तुति दिने विद्यार्थी तथा विशेष क्षमता भएका बालबालिकालाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए भने भारत सरकारको परराष्ट्र मन्त्रालयद्वारा आयोजित ‘भारतलाई जानौं’ (भारत को जानिए) प्रश्नोत्तरीका विजेताहरूलाई पनि पुरस्कार प्रदान गरे ।
यसैगरी भारतीय महावाणिज्य दूतावास वीरगञ्जले विभिन्न विद्यालयसँगको सहकार्यमा आयोजना गरेको चित्रकला प्रतियोगिताका विजेताहरूलाई समेत प्रशंसापत्र प्रदान गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजित समारोहले वीरगञ्जमा भारत–नेपाल बीचको मैत्रीपूर्ण सम्बन्ध, सांस्कृतिक सहकार्य र जनस्तरको निकटतालाई थप उजागर गरेको आयोजकले जनाए ।
समारोहमा भारतीय समुदाय, भारतका मित्रहरू, प्रशासनिक तथा सुरक्षा निकायका अधिकारीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।
उक्त कार्यक्रममा पर्सा र बाराका वरिष्ठ प्रशासनिक तथा प्रहरी अधिकारीहरूका साथै द्यष्ऋऋक्ष्, ल्क्ष्ँब्, ल्थ्भ्ँ, ल्ष्ऋऋक्ष्, पतञ्जली लगायत विभिन्न संघसंस्था तथा क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा देखिएको सहभागिताले भारत र नेपालबीचको ऐतिहासिक, सामाजिक तथा जनस्तरको निकट सम्बन्धलाई समेत प्रतिबिम्बित गरेको जनाइएको छ ।
बालबालिकाहरु साँस्कृतिक कार्यक्रमको माध्यमबाट देशभक्तिपूर्ण प्रस्तुती दिएका केही रोचक तस्वीरहरु ।





बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन