0
Shares
रौतहट, ३० साउन । रौतहटको परोहा नगरपालिका–९ खाप टोलमा कल्भर्टबाट खसेर पानीमा डुब्दा एक ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।
शेख मेहबुल हककी ५ बर्षीया छोरी फातमा खातुन बाख्रा चराउन गएको अवस्थामा शनिबार बिहान कल्भर्टको पर्खालबाट लडेर तल खाल्डोमा जमेको पानीमा डुबेकी थिइन् । उनलाई स्थानीयवासीले पानीबाट बाहिर निकालेका थिए ।
घटनाको सूचना पाउना साथ चौकी रामपुरखापबाट प्रहरी सहायक निरीक्षक धीरेन्द्रकुमार झाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
मृत बालिकाको शव प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टम गरेर शतगतका लागि परिवारजनको जिम्मा लगाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन