पृथ्वी जयन्तीको अवसरमा नेपालगञ्जमा मोटरसाइकल रयाली

744 Shares

बाँके, २८ पुस । बाँके जिल्ला सदरमुकाम नेपालगञ्जमा ३०० औं पृथ्वी जयन्ती भव्यताको साथ मनाइएको छ ।
नेपालगञ्जमा हिजो भएको ३०० औं पृथ्वी जयन्ती, पृथ्वी जयन्तीको अवसरमा नेपाल युवा बाहिनीद्धारा नेपालगञ्जमा मोटरसाइकल रयाली प्रदर्शन गरिएको हो ।
बागेश्वरी मन्दिरको पार्कबाट शुरु भएको मोटरसाइकल रयाली नेपालगञ्जका विभिन्न चोक हुँदै बसपार्क, घरवारीटोल हुँदै त्रिभुवन चोकमा कोणसभा परिणत भएका थिए । कोर्ण सभालाई सम्बोधन गर्दै अध्यक्ष मनोज श्रेष्ठले तत्कालिन श्री ५ बडामाहाराजाधिराज पृथ्विनारायण शाहको जन्म दिवस तथा राष्ट्रिय एकता दिवसको रुपमा सम्पुर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गर्दछौं ।
नेपालमा छरियर रहेका सम्पुर्ण बाइसौ र चौबिस्यौ राज्यहरूलाई एकिकरण गर्ने अभियान बोकी एउटा सिंगो राष्ट्रको रूपमा स्थापना गर्ने सपना बोकेको र त्यस सपनालाई परा गर्नका लागी संघर्षको अभियान सुरू गर्ने नेपाल राष्ट्रका माहा नायक राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्विनारायण शाह ज्यु लाई कोटि–कोटि नमन गर्दछौं उनले भने ।’
पृथ्वी नारायण शाहको त्याग तपस्या र बलिदानीलाई स्मरण गर्दै भब्य रुपमा मोटरसाइकल ¥याली सम्पन्न गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार