झापा, २८ पुस । दमक नगरपालिकामा चिनियाँ लगानीमा व्यापक रुपमा अनियमितता भएको भन्दै दमक नगरपालिकाको मुआब्जा पिडितहरुद्धारा प्रदर्शन गरिएको छ ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र झापा जिल्ला निर्वाचन क्षेत्र नम्वर ५ मा चिनियाँ लगानीको आयोजनाले पारदर्शी नभई आर्थिक अनियमितता गरी अधिग्रहण गरिएको जग्गाको उचित क्षतिपुर्ती नदिएकोमा पिडितहरुले चिनियाँ विरुद्ध मंगलवार दमकमा विरोध प्रदर्शन गरेको हो ।
दमक नगरपालिकामा चीन प्रायोजित दमक क्लिन इन्डस्ट्रियल पार्क विरुद्ध स्थानीयले फेरी विरोध प्रदर्शन गरेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय फोरमको निकट रहेका संघीय लिम्बुवान फोरमले पनि यस्तै एक प्रदर्शन गरेका हुन ।
आदिवासी जनजाति र सीमान्तकृत वर्गका मानिसहरु चिनियाँ आयोजना प्रति आजिज भएर आन्दोलनकारी गर्नुपरेको बाध्यता रहेको पिडितहरुले बताए । संघीय लोकतान्त्रिक राष्ट्रिय फोरमका अध्यक्षकुमार लिङ्देनले दमक सफा औद्योगिक पार्क क्षेत्रमा वर्षौं देखि सरकारी जग्गामा बसोबास गर्दै आएका १५० घरधुरीलाई मुआब्जा दिन नसकेको आरोप लगाइएको छ ।
सरकारले मुआब्जा दिएको छैन । प्रस्तावित औद्योगिक पार्कले हजारौं रोजगारी सृजना गर्ने सरकारको भनाइ छ, तर हजारौं स्थानीयले आफ्नो जग्गा र स्रोतसाधन बेवास्ता गरेर उठिबास बनाएको तथा भारतमा दैनिक ज्यालादारी काम गर्न जाने विवश बनाइएकोको आरोप लिङ्गडेनले लगाए ।