zoom for laptop windows 10 free download zoom app for telehealth zoom canada download zoom app download free computer windows 10 download the zoom app for windows zoom app filehippo download zoom webinar wa 00000 join zoom meeting with id & password manager

नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन अन्यौलमा

   २८ पुष २०७८, बुधबार १५:३६  

रौतहट, २८ पुस । कोरोना संक्रमणको दर निरन्तर रुपमा बढ्न थालेपछि नेपाली काँग्रेसले माघ १५ मा गर्ने भनिएको १६ जिल्लाको अधिवेशन अन्यौलमा परेको छ ।
नेपाली काँग्रेसको प्रदेश २ को आठ वटै जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, तथा वागमती प्रदेशको सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन र बाँके, कैलाली, अछाम र नवलपुर गरी १६ वटा जिल्लाको अधिवेशन कोरोना संक्रमणको कारण अन्यौलमा परेको हो ।
१४ औं महाधिवेशन अघि नै तल्लो तहको अधिवेशन गरिसक्नु पर्ने भए पनि सत्ताधारी दल काँग्रेस पार्टी भित्रको आन्तरिक कलह एवं विवादको कारण यी १६ जिल्लामा अधिवेशन हुन सकेको थिएन ।
यसअघि पुस २७ गते गर्ने भनी तय भएको जिल्ला अधिवेशन माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको १९ पदका लागि हुने निर्वाचनलाई देखाएर माघ १५ गते सारिएको थियो । कोरोना संक्रमणदर बढ्दै गएकाले माघ १५ गते तय गरिएको जिल्ला अधिवेशन पुन ः अनिश्चित बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै