भारतमा कोरोना संक्रमण दर बृद्धि हुँदै

   २८ पुष २०७८, बुधबार १५:५५  

रौतहट, २८ पुस । भारतमा दैनिक रुपमा कोरोना संक्रमण संक्रमणको दर बढ्दै गएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार २४ घण्टामा एक लाख ९४ हजार जनामा कोरोना संक्रमणको पुष्टि गरिएको हो । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४४२ जनाको मृत्यु भएका छन् ।
मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो । भारतको राजधानी दिल्लीमा प्रत्येक चार व्यक्तिमध्ये एक जनामा संक्रमण पुष्टि भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्लीमा २३ जनाको मृत्यु भएको छ जुन पछिल्लो आठ महिनायताकै सबैभन्दा धेरै हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै