रौतहट, १ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष जनरल धीरज सेठले नेपाली सेनालाई स्वास्थ्य तथा सैनिक सामग्री हस्तान्तरण गरेका छन् ।
नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनु भएका सेनाध्यक्ष सेठले नेपाली सेनासँगको सहकार्य र द्विपक्षीय सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने क्रममा उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
सोमवार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री सँगै विभिन्न सैनिक सामग्रीसमेत हस्तान्तरण गरे । सामग्री हस्तान्तरणले दुई देशका सेनाबीच रहँदै आएको सहकार्य र पारस्परिक सहयोगलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
सेठले जंगी अड्डा परिसरमा वृक्षारोपण समेत गरे । त्यसअघि टुँडिखेलस्थित सैनिक मञ्चमा उनले माल्यार्पण गरेका थिए भने जंगी अड्डामा नेपाली सेनाको तर्फबाट गार्ड अफ अनर ग्रहण गरेका थिए ।
जंगी अड्डामै भारतीय स्थल सेनाध्यक्ष सेठ र नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलबीच शिष्टाचार भेटवार्ता समेत भएको थियो । भेटका क्रममा दुई देशका सेनाबीचको आपसी हित, पारस्परिक सम्बन्ध तथा द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल भएको नेपाली सेनाले जनाए ।
प्रधानसेनापति सिग्देलको निमन्त्रणामा नेपाल आएका सेठलाई राष्ट्रपति रामचन्द्र पौडेल मार्फत नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
नेपाल र भारतका सेनाबीच लामो समयदेखि उच्च स्तरीय भ्रमण, तालिम, संयुक्त अभ्यास, मानवीय सहयोग तथा सैन्य सहकार्य हुँदै आएको छ । सेठको पछिल्लो नेपाल भ्रमणलाई पनि दुई छिमेकी मुलुकका सेनाबीचको सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन