उत्तर कोरियाको तानाशाह किम जोङ उन को निगरानीमा हाइपरसोनिक मिसाइलको परिक्षण

473 Shares

एजेन्सी
रौतहट, २८ पुस । विश्वकै तानाशाह शाषकको रुपमा स्थापित गराईसकेका उत्तर कोरियाको तानाशाह किम जोङ उनको निगरानीमा हाइपरसोनिक मिसाइलको परीक्षण गरिएको छ ।
कोरियाली सरकारी समाचार एजेन्सी केसिएनलका अनुसार हाइपरसोनिक मिसाइल परीक्षण मंगलबार गरिएको थियो र त्यो मिसाइल एक हजार किलोमिटर टाढा सम्मको लक्ष्यलाई सजिलै भेट्ने छ ।
उत्तर कोरियाली सुप्रिमो किम जोङ उनले अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा गरेको भाषण पछि उत्तर कोरियाले एक हप्ता भित्र दुई वटा मिसाइल परीक्षण गरेको थियो । पछिल्लो पटक मंगलबार परीक्षण गरिएको छ । दुबै मिसाइल परीक्षण गरिएको जानकारी सबैभन्दा पहिलो दक्षिण कोरिया र जापानले पत्ता लगाएका थिए । त्यसपछि मात्रै उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनले मिसाइल परीक्षण गरिएको जानकारी दिए ।
ति मिसाइल उत्तर कोरिायाको जमिनबाट समुद्रतर्फ प्रहार गरिएको थियो । उत्तर कोरियाले परीक्षण गरेको हाइपर सोनिक मिसाइल ब्यालेस्टिक मिसाइलको तुलनामा राडारको नजरबाट जोगिने बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार