रौतहट, १ भदौं । रौतहटको मलाही टोलमा संचालन भएका निःशुल्क आँखा परिक्षण शिविरमा छनौट भएका मध्ये सोमवार ३७ जनाको सफल शल्यक्रिया भएका छन् ।
नेपाल नेत्रज्योति संघद्वारा संचालित गौर आँखा अस्पताल पुरेनवामा आज ३७ जना महिला र पुरुषको सफल रुपमा शल्यक्रिया गरिएका हुन् ।
रुइत फाउण्डेशनको आर्थिक सहयोग, गौर आँखा अस्पतालको प्राविधिक एवं चिकित्सा तथा उज्यालो टीभीको सहकार्य, पूर्व विद्यार्थी समाज मलाहीटोल र लायन्स क्लव रौतहट समनपुरको स्थानीय आयोजनामा हिजो आईतवार सम्पन्न भएको एक दिने निःशुल्क आँखा परिक्षण शिविरमा उत्साहपूर्वक ४१९ जनाले विशेष परामर्श एवं सेवा लिएका थिए ।
सेवा लिएकाहरु मध्ये ९४ जनामा मोतियाबिन्दुको रोग फेला परेपछि आँखा अस्पतालको सहकार्यमा उनीहरु मध्ये ३७ जनालाई गौर आँखा अस्पताल पुरेनवामा ल्याएर उनीहरुको सफल शल्यक्रिया गरिएको अस्पतालका शिविर कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
बाँकी रहेका विरामीहरुको भोली र पर्सी शल्यक्रिया गरिने बताउदै संयोजक पाण्डेले अस्पतालमा शल्यक्रिया गराउन आएका विरामीहरुलाई खानबस्न लगायतको सम्पूर्ण सेवा सुविधाहरु प्रदान गरिएको उनले स्पष्ट पारे ।
उनका अनुसार हिजो सम्पन्न शिविरमा २३३ जनालाई आवश्यक औषधी सहितको विशेष परामर्श सेवा प्रदान गरएको थियो । गौर आँखा अस्पताल पुरेनवा प्रति रौतहट, सर्लाही लगायत सीमापारी भारतीय क्षेत्रका नागरिकको विश्वास र भरोसा बढ्दै गएको छ ।
दक्ष जनशक्ति, दक्ष प्राविधिकको साथै भरपर्दो सेवा प्रवाह नै गौर अस्पताल नागरिकहरुको हृदयमा आफनो स्थान बनाउन सफल भएको संयोजक पाण्डेले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन