install zoom for all users of a computer - install zoom for all users of a computer download older zoom version cloud zoom gallery jquery free download join zoom meeting with id & password protected - join zoom meeting with id & password protected download zoom to my pc download zoom transcript sfsu zoom download

नेपाल चीनको केरुंग र खासा नाका खोलाउन माइतीघर मण्डेलामा विरोध प्रदर्शन

   २९ पुष २०७८, बिहीबार १३:१७  

काठमाडौं, २९ पुस । नेपालको उत्तरी छिमेकी देश चीन संग जोडिएका केरुंग र खाना नाका खुलाउन माग गर्दै सिन्धुपालचोकको स्थानीय जनताहरुले विरोध प्रदर्शन गरेका छन् ।
नेपालको चीन संग जोडिएको व्यापारिक नाका केरुंग र खासा नाकामा चीनद्धारा लगाइएको अघोषित नाकाबन्दी खोलाउन बुधवार काठमाडौंको माइतीघर मण्डेलामा सिन्धुपालचोक जिल्लाको स्थानीय बासिन्दाहरुले माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा सहभागी भएका अमीर तामाङले चीनबाट व्यापर गर्नका निमित्त आवतजावत गर्ने केरुङ र खासा नाका खुला गर्न नेपाल सरकारलाई चीन संग दवाव दिन आग्रह गरे । केरुङ, खासा नाका तत्काल खुला गर्नुपर्छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन । सिमा मिच्ने चीन सरकारको ध्यानाकर्षण गराउन समेत नेपाल सरकार संग उनले माग गरे ।
प्रदर्शनकारीहरूले नेपाल–चीन नाका खुला गर, विद्यार्थीहरूको भविष्य माथि खेलबाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर लगायतका नारा लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै