यमुनामाईमा वल्डलिंकको हाईस्पिड इन्टरनेट सेवा शुभारम्भ, ३०० एमबीपीएस सम्मको सेवा

0 Shares

रौतहट, ३ भदौं । रौतहटको यमुनामाई गाउँपालिकामा इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंकले उच्च गतिको इन्टरनेट सेवा विस्तार गरेको छ ।
इन्टरनेट तथा मोबाइल नेटवर्कको पहुँच कमजोर रहेका पालिकाका विभिन्न क्षेत्रमा वल्डलिंकको सेवा सुरु भएपछि स्थानीयवासीले सहज र भरपर्दो सञ्चार सुविधा पाउने भएको हो ।
वल्डलिंक गौर शाखाका प्रमुख गौतम श्रेष्ठका अनुसार यमुनामाईका ग्राहकलाई लक्षित गर्दै १५०, २०० र ३०० एमबीपीएस सम्मको उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराइएको छ । नयाँ प्रविधिमा आधारित सिक्सजी राउटर सहितको सेवा शुभारम्भ गरिएको श्रेष्ठले बताए ।
विशेषगरी मोबाइल नेटवर्क समेत राम्रोसँग नटिप्ने पालिकाका केही वडामा उच्च गतिको इन्टरनेट सेवा विस्तार भएपछि सञ्चार, शिक्षा, व्यवसाय तथा डिजिटल सेवाको प्रयोगमा सहजता आउने अपेक्षा गरिएको उनले भने ।
इन्टरनेट सेवा गाउँमै पुगेपछि स्थानीयवासीले खुसी व्यक्त गरे । उनीहरूले गुणस्तरीय र तीव्र गतिको इन्टरनेटले डिजिटल पहुँच विस्तार सँगै दैनिक कामकाजमा समेत ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
वल्डलिंकले इन्टरनेटसँगै मनोरञ्जनका लागि विभिन्न प्याकेजमा सिनेमा तथा वेब सिरिजका साथै १०० भन्दा बढी एचडी र १२० भन्दा बढी सामान्य टेलिभिजन च्यानल उपलब्ध गराउँदै आएको छ ।
यमुनामाई गाउँपालिकामा उच्च गतिको इन्टरनेट सेवा विस्तारलाई स्थानीयस्तरमा डिजिटल पहुँच बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । मोबाइल नेटवर्क कमजोर रहेका क्षेत्रमा समेत घर–घरमा इन्टरनेटको पहुँच पुग्न थालेपछि स्थानीयको सञ्चार तथा सूचना प्रविधिमा पहुँच थप सहज हुने अपेक्षा श्रेष्ठ गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।