चिनियाँ हस्तक्षेप विरुद्ध काठमाडौं स्वतन्त्र नागरिक समूहद्धारा विरोध प्रदर्शन

काठमाडौं, २९ पुस । स्वतन्त्र नागरिक समूहद्धारा चिनियाँ हस्तक्षेप विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
सिंहदरबार छेउमा रहेको माइतीघर मण्डेलामा स्वतन्त्र नागरिक समूहद्धारा चिनियाँ हस्तक्षेपको विरुद्ध चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएका हुन् । प्रदर्शनमा सहभागीहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर लागयतका नारा लगाउँदै प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।
रसुवा र तातोपानी नाकामा चीनले गरेको अघोषित नाकाबन्दीको विरुद्ध नागरिक समूहले स्वतन्त्र रुपमा प्रदर्शन गरेको प्रदर्शनमा सहभागीले बताए । उनले भने, नेपालको चीन संग जोडिएका उत्तरी जिल्लाका विभिन्न स्थानमा नेपालको भूमि चीनले अतिक्रमण गरेको छ र नेपाली विद्यार्थीलाई चीन प्रवेश गर्न नदिएर उनीहरुको भविष्यमाथि खेलवाड गरेको हुँदा सोको विरुद्ध विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा करिब ४० जनाको सहभागिता रहेको थियो । पछिल्लो समय नेपालमा बढदै गएको चिनियाँ हस्तक्षेप तिव्र हुन थालेको छ । चिनिया राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुको भनाइ छ ।