७४३ किलो गाँजा सहित सर्लाहीमा दुई जना पक्राउ, २ कठ्ठामा लगाइएको गाँजाखेती नष्ट

0 Shares

सर्लाही, ४ भदौं । सर्लाही प्रहरीले निरन्तर रुपमा लागुऔषध गाँजा नियन्त्रणमा लिने क्रम जारी रहेपनि ओसार पसारमा कमी आएको छ्र्रैनन् ।
यसैक्रममा विहिवार लालबन्दी नगरपालिकाबाट पुनः ठूलो परिमाणमा लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गर्नुका साथै दुई कत्ठा जग्गामा लगाइएको गाँजा खेतीलाई नष्ट गरेका हुन् ।
लालबन्दी नगरपालिका–१४ डाइनी टोलमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दी र लागुऔषध नियन्त्रण ब्युरो कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जनाको घरमा छापा मारेर ७४३ किलो ९८० ग्राम गाँजा बरामद गर्न सफल भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
डाइनी टोलका ६७ वर्षीय नरबहादुर थिङ र सोही स्थानकी ५२ वर्षीया जेसुन माया थिङको घरमा प्रहरीले छापा मार्दा ड्राम तथा बोरामा लुकाएर राखिएको अवस्थामा उक्त परिमाणका गाँजा सहित दुवै जनालाई नियन्त्रणमा लिए ।
गाँजा बरामद गरेपछि प्रहरीले थप अनुसन्धानका क्रममा सोही स्थान नजिकै रहेको मकैबारी पछाडि रहेका करिब २ कठ्ठा सार्वजनिक जग्गामा लगाइएको गाँजाखेतीलाई समेत फेला पारेको विज्ञप्ती मार्फत जानकारी दिदै डिएसपी गौतमले गाँजाको बोटहरुलाई नष्ट गर्न सफल भयौं ।
बरामद गाँजा र नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।
दिनैपिच्छे ठूलो परिमाणमा गाँजा बरामद हुनु र सार्वजनिक जग्गामै गाँजाखेती फेला पर्नुले सर्लाहीमा लागुऔषध नियन्त्रण गर्न चुनौती रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।