कोरोनाको तेश्रो लहरको शिकार उच्च पदस्थ नेताहरु

काठमाडौं, २९ पुस । नेपालमा सुरु भएको कोरोनाको तेश्रो लहरबाट उच्च पदस्थ व्यक्ति एवं नेताहरु संक्रमित हुने गरेका छन् ।
नेपालको संघिय राजधानी काठमाडौंमा कोरोना संक्रमण पछिल्लो ८ दिनमा आठ गुणाले बढेपछि नेपाल सरकारले स्मार्ट लकडाउन लगाउने निर्णय गरेका हुन् । काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने माथि रोक लगाएको छ ।
सभा सम्मेलन नगर्न निर्देशन जारी गरेको छ । देशमा कोरोनाको तेस्रो लहर ल्याउनमा माओवादी केन्द्रको महाधिवेशन स्थल नै हटस्पट बन्न पुगेको छ । यदि माओवादीले ८÷८ दिनसम्म दुई हजार बढी मानिसलाई प्रज्ञा प्रतिष्ठान कमलादीको हलमा थुनेर बन्दसत्र नगरेको भए अहिलेको जस्तो संक्रमण तीव्र फैलन नसक्ने चिकित्सकहरू बताउँछन् ।
माओवादी महाधिवेशन स्थलमा सहभागी भएका थिए त्यसमध्ये ८० प्रतिशतलाई कोरोना संक्रमण भएको बुझिएको छ । तिनै मार्फत परिवार र आफन्त तथा साथीभाइहरुमा संक्रमित भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिन गएका र उनीसँग सम्पर्कमा आएका जति कोही पनि अछुतो छैनन् । सबैमा कोरोना संक्रमण देखिएको छ ।
कति भने पाँच दलीय गठबन्धनको बैठकमा सहभागी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल समेत कोरोना संक्रमित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवामा भने रिपोर्ट नेगेटिभ आएको छ । अहिले सहर बजारमा माओवादी नेताहरूकै कारण संक्रमण देशव्यापी फैलिएको चर्चा चल्ने थालेका छन् ।
महाधिवेशनमा देशभरबाट प्रतिनिधि आएको र उनीहरू आ–आफ्नो गाउँमा गएकाले सम्पर्कमा आएका जति सबैलाई कोरोना संक्रमण देखिएको छ । केही दिनयता माओवादी नेताहरू एक दुईबाहेक सबै घरघरमै स्वास्थ्यलाभ लिएर बसेका छन् ।