रौतहट, ५ भदौं । वर्षौं देखि राष्ट्रिय वनको जग्गा कब्जा गरी घरटहरा ठड्याउने, खेतीपाती गर्ने तथा घडेरी कायम गर्नेहरू विरुद्ध डिभिजन वन कार्यालय रौतहट कडा रुख अपनाउदै आफैं अतिक्रमण हटाउन चेतावनी दिएका छन् ।
डिभिजन वन कार्यालय रौतहटले सार्वजनिक सूचनामा राष्ट्रिय वन क्षेत्रमा भएको अतिक्रमण तथा अनाधिकृत संरचना हटाउन सम्बन्धित व्यक्ति, परिवार तथा संस्थालाई निर्देशन दिएका हुन् ।
कार्यालयले तोकिएको समयभित्र आफैं संरचना हटाई वन क्षेत्र खाली नगरेमा कानुन बमोजिम अतिक्रमण खाली गराउने तथा आवश्यक कारबाही अघि बढाउने चेतावनी दिए ।
सार्वजनिक भएको सूचनामा वनको कार्यक्षेत्र अन्तर्गत पूर्वमा अल्लाजोर खोला, पश्चिममा धनसर खोला, उत्तरमा चुरे पानी ढलो हुँदै मकवानपुरको सीमाना र दक्षिणमा महेन्द्र राजमार्ग आसपास पर्ने राष्ट्रिय वन क्षेत्रको चार किला कायम गर्दैै क्षेत्र निर्धारण गरिएको छ ।
राष्ट्रिय वनको जग्गामा घरटहरा निर्माण गर्ने, खेतीपाती गर्ने, घडेरी कायम गर्ने वा अन्य कुनै प्रयोजनमा प्रयोग गर्ने कार्य कानुन विपरीत भएको हुँदा अतिक्रमण गरी बसेका व्यक्ति तथा संस्थालाई आफूले बनाएका संरचना आफैं हटाएर वन क्षेत्र खाली गर्न सर्कुलर जारी गरेको हो ।
यदी प्रकाशित सूचनाको अटेर गरी अतिक्रमण कायम राखेमा वन कार्यालयले कानुन अनुसार संरचना हटाउने र दोषीमाथि आवश्यक कारबाही गर्ने जनाए । कारबाहीका क्रममा उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्था स्वयंले हुनुपर्ने चेतावनी समेत दिए ।
त्यसैगरी राष्ट्रिय वन अतिक्रमणबारे जानकारी भएका व्यक्तिलाई प्रमाण तथा विवरण सहित डिभिजन वन कार्यालय वा सम्बन्धित सब–डिभिजन वन कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ । वन कार्यालयको पछिल्लो सूचनाले वर्षौं देखि राष्ट्रिय वन क्षेत्रमा घरटहरा बनाएर बसोबास तथा खेतीपाती गर्दै आएका अतिक्रमणकारीमा भने त्रास बढाएको छ ।
अब सूचना कागजमै सीमित रहन्छ कि राष्ट्रिय वनको जग्गा साच्चिकै खाली गराउन डोजर चल्छकी आउदो समयले देखाउने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन