निर्माणाधिन रेल्वे ट्रयाकबेडको गुणस्तरहिन काम भईरहदा पनि सम्बध निकाय मौन

   २९ पुष २०७८, बिहीबार १५:५७  

रौतहट, २९ पुस । तराई मधेशको अति महत्वाकाक्षी परियोजनाको रुपमा रहेका पुर्व पश्चिम रेलमार्गको बर्दीवास–निजगढ खण्डमा निर्माणाधिन रेल्वे ट्रयाकबेडमा कमसल सामग्रीको प्रयोग भईरहदा पनि सम्बन्धित निकाय मौन बसेको आरोप लागेका छन् ।
बर्दीवास–निजगढ खण्डको रेल्वे ट्रयाक बेडको निर्माणमा कमसल सामग्री निमाणाधिन पक्षद्धारा प्रयोग गरिरहदा यसको भविष्य माथि प्रश्न चिन्ह खडा हुनु स्वभाविकै रहेको सरोकावाला निकायहरु मौन रहेको स्थानीय बासिन्दाहरुले आरोप लगाएका हुन् ।
पूर्व पश्चिम विद्युतिय रेलमार्गको खण्ड अन्तर्गत रौतहटमा निर्माणाधिन ट्रयाकमा अति नै कमसल सामग्रीको प्रयोग भईरहेको हुँदा गुणस्तरिय निर्माणको लागि पटक पटक आवाज उठाएपनि निर्माण पक्षलाई कुनै असर नपर्नुबाट रेल्वे जस्तो कार्यमा यसप्रकारको हेलचक्रयाई हुनु निकै गम्भीर कुरा रहेको स्थानीयहरु बताउँछन् ।
ट्रयाकबेड बनाउन मजबुतिको लागी मिक्स ग्य्राबेल र माटो राखेर १५ सेन्टिमिटरमा रोलिङ्ग गर्नुपर्ने मा निर्माण कम्पनीले पाँगो बालुवा राखेर रेलवे ट्रयाकबेड बनाईरहेको आरोप लागेको छ । लामा गोल्डनगुड बिरुवा जेभिले रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ को सन्तपुर स्थित राजमार्गको दायाँ बायाँमा निमार्ण गरेको रेलवे ट्रयाकबेड कमसल सामग्री प्रयोग भएको पाइएको छ ।
उक्त कम्पनीले रेलवे ट्रयाकबेड निर्माण गर्दा पाँगो बालुवा राखेर कमसल काम गर्न लागेकोमा स्थानीयले बिरोध जनाएका छन् । रेल मार्ग निमार्णको को क्रममा प्राबिधिकको बेवास्ताका कारण निर्माण कम्पनीले आफूखुसी गरेको स्थानीय मनोज यादवले बताए । यता स्थानीयको व्यापक विरोध पछि रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना निजगढ बर्दिबास खण्ड साइट कार्यालय लालबन्दिका इन्जिनियर बोध भण्डारीले निर्माण कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइए पछि हटाएर पुन ः सम्झौता अनुरूप राख्न निर्देशन दिएका छन् ।
पुर्व पश्चिम विद्युतिय रेल मार्ग तराई मधेशकै नभई नेपालकै अति महात्वाकाँक्षी परियोजनाको रुपमा रहेको हुँदा निर्माणाधिन कार्यलाई प्राविधिकहरुद्धारा समय समयमा अनुगमन निरीक्षण गरेर सम्झौता स्टिमेट अनुसारको काम गराउनु पर्ने तर उनीहरुको चरम लापरवाहीको कारण कमसल एवं गुणस्तरहिन निर्माण भइराख्दा जनेबुझेका स्थानीयहरुले विरोध जनाएपछि मात्रै हस्तक्षेप गर्नु अति नै दुर्भाग्यपूर्ण भएको अर्का बासिन्दा रामलाल दासले भने ।
क्षणिक स्वार्थका कारण सिंगा देश एवं जनता संग धोखाधडी गर्ने यस्ता निर्माण कम्पनीलाई समयमै कानुनी कटघेरामा उभ्याई गुणस्तरिय कार्य गराउन सम्बध पक्ष संग उनले जोडदार रुपमा माग गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै