रौतहटमा सीमा नाकाबाट राजस्व छली मौलायो, खुला रूपमा सामान ओसारपसार हुँदा नेपाली व्यापारी मारमा

0 Shares

रौतहट, ७ भदौ । भारतसँग जोडिएका रौतहटका विभिन्न सीमा नाकाबाट राजस्व छली गरी सामान भित्रर्याउने तथा बाहिर लैजाने गतिविधि पुनः खुलेआम हुन थालेपछि स्थानीय व्यापारीहरूले आपत्ति जनाएका छन् ।
केही समय अघिसम्म सुरक्षाकर्मीको आँखा छल्दै मुख्यतः रातिको समयमा हुने गरेको अवैध ओसारपसार अहिले सीमा सुरक्षामा खटिएका जिम्मेवार अधिकारी परिवर्तनसँगै खुलेआम हुन थालेको व्यापारीहरुले आरोप लगाएका हुन् ।
राजस्व तिरेर वैधानिक रूपमा व्यापार गर्ने व्यवसायीहरूलाई यस प्रकारको कार्यबाट प्रत्यक्ष असर परेको उनीहरूको भनाइ छ ।
सशस्त्र प्रहरी बल गुल्म गौरका डीएसपी दुर्गाप्रसाद भट्टको आगमनपछि सीमा क्षेत्रमा अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधि बढेको स्थानीय व्यापारीहरूले दाबी गरे । उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सञ्चारकर्मीसमक्ष समेत गुनासो गरेका छन् ।
व्यापारीहरूका अनुसार भारतबाट चिसो पेय पदार्थ, चिप्स, भुजिया, किराना सामग्री, कपडा, कस्मेटिक, रेडिमेड कपडा तथा चाडपर्वमा प्रयोग हुने पटाका लगायतका विभिन्न सामान दैनिक रूपमा रौतहटमा भित्रिने तथा मुलुकको विभिन्न भागमा पठाउने कार्य जारी रहेका हुन् ।
गौर मुख्य नाकासहित लक्ष्मीपुर बेलबिछवा, ब्रह्मपुरी, महादेवपट्टि, बन्जरहा, औरैया, महुलिया, मठिया, लतमरी, जयनगर, खाप र बंकुल लगायतका सीमा क्षेत्रबाट यस्ता सामानको ओसारपसार भइरहेको व्यापारीहरूको भनाइ छ ।
त्यस्तै, नेपालबाट भारततर्फ पनि अखरोट, किसमिस, अलैंची, विभिन्न कस्मेटिक सामग्री, हेयर एन्ड शोल्डर्स जस्ता स्याम्पु, मदिरा, चिनियाँ स्याउ लगायतका सामान जाने गरेको बताइएको छ ।
स्थानीय व्यापारीहरूले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मिलेमतोबिना यस्तो गतिविधि लामो समयसम्म खुला रूपमा सञ्चालन हुन दुखद भएको विषय भएको छ ।
राजस्व छलीबाट भित्रिने सामानका कारण वैधानिक रूपमा भन्सार तिरेर व्यापार गर्ने नेपाली व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएको व्यापारीहरूको गुनासो छ । उनीहरूले सीमा क्षेत्रमा नियमित अनुगमन, कडाइका साथ भन्सार कार्यान्वयन र अवैध ओसारपसार नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
सीमा क्षेत्रमा बढ्दै गएको यस्तो गतिविधिले राज्यको राजस्वमा समेत असर पार्ने भएकाले भन्सार, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय प्रशासनले संयुक्त रूपमा प्रभावकारी अनुगमन गरी दोषीमाथि कारबाही गर्नुपर्ने स्थानीय व्यवसायीहरुले माग उठाए ।
मुख्य नाका गौरबाट कारोवार गर्ने कारोवारीहरुमाः

रुपेश दास (शेरा गोल्ड) मुकेश साह, सद्दाम, मुस्कान, मुनिया (सात सहेलिया), रुकसाना, ममता, अशं, रेखा, राहुल, रामाधार, जयप्रकाश, राजकुमार सहितका दर्जनौं नेपाली र भारतीय कारोवारीहरु कपडा सहितका विभिन्न सामानहरु राजस्व छलेर भित्रयाउने गरेको छ ।
महादेवपर्टीको सिमलगाछी र बाँध भएर किरनिया भन्ने किरण र रौशन जयसवालले ठूलो परिमाणमा कपडाको कारोवार संचालन गरिरहेको श्रोतको दाबी छ ।
उक्त कार्यमा गौर भन्सार सुरक्षा गार्डका इन्चार्ज वरिष्ठ सई दिपक यदावले आफनो विश्वास पात्र प्रहरी हवलदार रामनाथ रजकलाई प्रयोग गरेर अबैध रकम असुल्दै राजस्व छलीको कारोवार गर्न लाइन संचालन गरेको ति श्रोतको दाबी छ ।
हुनतः सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणको प्रमुख एसपी चेतराज जोशी कार्यभार समातेको भएपनि सीमा क्षेत्रबाट हुने अबैध कार्य निर्वाध रुपमा संचालनमा रहदा कतै उनी माथि आशंका खडा हुनु स्वभाविकै रहेको छ ।
यस विषयमा उद्योग वाणिज्य संघले चाँडै आफनो आधिकारी धारणा सार्वजनिक गर्ने एक पदाधिकारीले तराई टप लाई जानकारी दिएका छन् ।
कारोवार गर्न मनिया नामक भारतीय महिला कारोवारी र गौर भन्सार कार्यालय सुरक्षा गार्डका प्रहरी हवलदार रामनाथ राजक विच सेटिंग हुँदै । लक्ष्मिपुर बेलविछवाबाट भित्रयाइएको सामानहरु निर्वाध रुपमा जाँदै गरेको भिडियो क्लिप ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।