वीरगञ्जको शंकराचार्य गेटबाट १० किलो चरेश सहित रौतहटको महिला पक्राउ

पर्सा, २९ पुस । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध चरेश सहित एक महिलालाई पक्राउ गरेकी छिन् ।
प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटमा रहेका नियमित चेकजाँचको क्रममा रौतहट घर भएकी ४२ बर्षिया महिला रंजु देवीको शरिरमा बाधिएको अवस्थामा १० किलोग्राम चरेस फेला परेको हो ।
बुधवार साँझ पक्राउ परेकी महिलालाई हिरासतमा राखेर थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।