चिनियाँ हस्तक्षेपको विरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै चिनियाँ राजदूत यान्छीको पुतला जलाए

   २९ पुष २०७८, बिहीबार १६:१४  

काठमाडौं, २९ पुस । काठमाडौंको माइतीघरमा भएको प्रदर्शनको क्रममा नेपालका लागि चिनियाँ राजदूत विरुद्ध चर्को नाराबाजी गर्दै पुतला जलाएको छ ।
अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दावाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाई सुचारु गर लगायतको चर्का नारा लगाएका थिए ।
नाराकै क्रममा उनीहरुले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको पुतला जलाएका छन् । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन पनि गरेका हुन् ।
राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा प्रदर्शन सहित राजदूत यान्छीको पुतला दहन गरिएको हो । पछिल्लो समयमा नेपालमा चिनियाँ हस्तक्षेप बढेको तथा चिनियाँ राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेँटघाटले चिनियाँ प्रभाव परेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै