राष्ट्रिय सभाको सचेतक एवं नेकपा एमालेका केन्द्रीय सदस्य भट्टराईको विवादास्पद अभिव्यक्ति

   ३० पुष २०७८, शुक्रबार १३:२६  

राष्ट्रिय सभाका सचेतक एवम नेकपा एमालेका केन्द्रीय सदस्य खिम लाल भट्टराईले गत साता एक कार्यक्रममा हिन्दु धर्मलाई ठेस पुग्ने गरी विवादास्पद अभिव्यक्ती दिएका थिए ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी मा राम जानकी हनुमान मन्दीर को शिलन्यास कार्यक्रम मा एमाले का केन्द्रीय सदस्य भट्टराईले लुम्बिनीमा बुद्ध र राम जानकी हनुमान मन्दीर सगै मुस्लिम समुदाय को लागि अत्याधुनिक मस्जिद पनि निर्माण गर्नु पर्ने अभिव्यक्ती दिएर विवाददाई सृजना गरेको थियो ।
हिन्दु धर्मावलम्बीको कार्यक्रम मा मुस्लिम समुदाय को मदरसा निर्माण हुनु पर्ने धारण राखे पछी सदस्य भट्टराई हिन्दु धर्मलाई ठेस पुग्ने गरी दिएको अभिव्यक्ति विरुद्ध चर्को आलोचना भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना ले मन्दीरको शिलन्यास गरे पनि उनले कुनै विवादास्पद अभिव्यक्ती नदिए पनि सदस्य भट्टराई ले लुम्बिनी मा मदरसा निर्माण हुनु पर्ने बताएर विवादलाई बढाएको थियो ।
भट्टराईको उक्त अभिव्यक्ती पछी हिन्दु परिषद नेपाल का अध्यक्ष सन्तोष पटेलले चर्को बिरोध गर्दे भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा मदरसा बनाउने अभिव्यक्ती दिनु आपतीजनक भएको बताउदै नेपाल हिन्दु राष्ट्र घोषणा नभए भारत जस्तै बटवारा हुने अवस्था आउने छ । पटेल ले आफु मुस्लिम धर्म को बिरोधी नभएको बताउदै सो कुरा को लागि उपयुक्त स्थान नभएको बताए ।
एक विगहा एक कट्ठा क्षेत्रफलमा ५ करोड ४८ लाख ७४ हजार ४९ को लागतमा संघीय सरकार को संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय को ६५ प्रतिशत रकम र नगरपालिका को ३५ प्रतिशत रकम सहभागिताको लगानीमा सो मन्दिर एक वर्ष ६ महिनामा तयार गरिने योजना रहेको बताइएको छ ।
यसमा मुख्य रूपमा रामजानकी हनुमान मंदिर निर्माण गरिनेछ, जुन २ हजार वर्ग फिटमा रहनेछ । धर्मशाला, क्यान्टिन, बाउण्ड्रीवाल, जलाशय र चर्पी निर्माण गरिनुका साथै सो स्थानमा माटो पुर्ने कार्य गरिनेछ । शिलान्यासका लागि लुम्बिनी स्थित मायादेवी पोखरीबाट जल भरेर शुरू भएको कलश यात्रा नगर परिक्रमा गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न. १ स्थित खुनगाइं भगवानपुरमा निर्धारित मन्दिर परिसरमा सो शिलान्यास गरिएको हो । त्यसका लागि भारतको अयोध्याबाट राम जन्मभूमिको पवित्र माटो र सिताराम नामक ईटा समेत ल्याइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै