सर्लाही, ८ भदौं । सर्लाहीको बरहथवा नगरपालिका–७, तीनघरियामा ४६ वर्षीय एक पुरुष कलभर्टमुनि मृत अवस्थामा फेला परेको छ ।
बरहथवा नगरपालिका–३, भगवतीपुर घर भएका तथा तीनघरियामा किराना पसल सञ्चालन गर्दै आएका राजेश्वर पुरी सोमबार बिहान कलभर्टमुनि नालीमा मृत अवस्थामा फेला परेपछि परिवारजनद्वारा हत्याको आशंका व्यक्त गरेको हो ।
किराना व्यवसायी पुरी आइतबार राति गाउँमा आयोजित छठियारको भोजमा सहभागी भएका थिए । भोजमा सहभागी भएर फर्किदै गर्दा उनको हत्या भएको हुनसक्न आशंका परिवारजनको गम्भीर आरोप छ । उनको आज विहान कलभर्टमुनि मृत अवस्थामा भेटिएपछि घटनालाई लिएर विभिन्न आशंका उत्पन्न भएको हो ।
मृतकका परिवारजनले पुरीलाई रातभर भोज खुवाएर हत्या गरिएको दाबी गरेका छन् । पसलमा उधारो खाएका केही व्यक्तिहरू मिलेर उनको हत्या गरेको हुनसक्ने दाबी गरिएको भएपनि आधिकारिक रुपमा उनको हत्या नै भएको छ भन्ने बारे प्रहरी अनुसन्धान एवं पोष्टमार्टम रिपोर्ट पश्चात पुष्टि हुने बताइएको छ ।
घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदी सहितको प्रहरी टोली घटनास्थल पुगेका थिए । प्रहरीले घटनास्थलको प्रारम्भिक निरीक्षण तथा आवश्यक अनुसन्धान अघि बढाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटना तत्कालै शंकास्पद देखिएको छैन । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको वास्तविक कारण खुल्ने उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन