रौतहट, ८ भदौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बलात्कार तथा यौन हिंसाका पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अन्य कुनै पनि सामग्री प्रकाशन, प्रसारण नगर्न चेतावनी सहित आग्रह गरेको छ ।
प्रकाशित तथा पुनःप्रसारण नगर्न सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ता संग कडा रुपमा आग्रह गरेको हो ।
मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जाल मार्फत पीडितको पहिचान र गोपनीयताको सम्मान गर्न तथा अपराधमाथि अर्को अपराध नगर्न समेत सचेत उनले गराए ।
यौन हिंसाका घटनामा पीडितको पहिचान सार्वजनिक गर्नु संवेदनशील मात्र नभई गम्भीर गैरकानुनी विषय भएको बताउदै विशेषगरी यौन हिंसाका पीडित बालबालिकाको पहिचान सार्वजनिक गर्नु झनै गम्भीर कसुर हुने उनको कथन रहेको छ ।
समाचार वा अन्य सामग्री सम्प्रेषण गर्दा पीडितको गरिमा, गोपनीयता, सुरक्षा तथा भविष्यमा पर्न सक्ने असरलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने मन्त्री तिमिल्सिनाले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन