जनकपुरधाम, ८ भदौं । विभिन्न समस्याबाट जुधिरहेका मधेशलाई यथास्थितिमा छाडेर प्रदेशका मुख्यमन्त्री नीजि एवं धार्मिक भ्रमणको क्रममा भारत तर्फ गरेको बताइएको छ ।
त्यती मात्रै नभई मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव संघीय सरकारको औपचारिक रुपमा सहमति बिना नै नीजि एवं धार्मिक भ्रमणको शिलशिलामा भारत तर्फ गरेको बताइएको हो ।
गत शुक्रबार भारतको देवघर स्थित बाबा वैद्यनाथ धाम (बाबाधाम) भ्रमणका लागि भारत गएको उनका स्वकिय सचिव सन्तुप्रसाद यादवको सामाजिक संजालमा पोष्ट गरिएको तस्वीरबाट पुष्टि भएका छन् ।
मुख्यमन्त्री यादव संगै कृषि तथा सहकारी मन्त्री श्याम पटेल सहित उनी धार्मिक भ्रमणका क्रममा भारत पुगेर विभिन्न व्यक्तिहरु संग भेटघाट तथा कार्यक्रममा सहभागी भएको बताइएको छ ।
नेपालको संघीय संरचनाअनुसार प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले विदेश भ्रमणमा जाँदा संघीय सरकारसँग आवश्यक समन्वय र स्वीकृति लिने अभ्यास रहँदै आएको श्रोतको दाबी छ ।
यसअघि प्रदेशका मुख्यमन्त्री विदेश भ्रमणमा जाँदा संघीय सरकारबाट औपचारिक स्वीकृति लिइएका निर्णय सार्वजनिक अभिलेखमा देखिन्छन् । तत्कालीन मुख्यमन्त्रीद्वय लालबाबु राउत र सतिश सिंहको विदेश भ्रमणमा संघीय सरकारबाट स्वीकृति लिइएको थियो ।
त्यसको विपरीत मुख्यमन्त्री यादवले संघीय सरकारको निर्णयबिनै छिमेकी मुलुक भारत भ्रमण गरेपछि प्रदेश सरकारको कार्यशैली र संघीय सरकारसँगको समन्वयलाई लिएर प्रश्न उठेको छ ।
यतिखेर मधेशको बारा जिल्लामा तीन बर्षीया बालिकाको अपहरण एवं यौनहिंसा पश्चात हत्या, अन्य जिल्लाहरुमा पनि अबोध बालिकाको हत्या हुनु, मधेश भरी किसानहरु रासायनिक मल, जनकपुरमा अतिक्रमित गुठीको जग्गामा डोजर चल्दा स्थानीयहरु त्राहीमामको अवस्थामा रहनु लगायत विभिन्न समस्याबाट यतिखेर मधेश जुधिरहेको समयमा प्रदेशको मुखिया नै नीजि एवं धार्मिक भ्रमणमा जाने कार्य माथि स्थानीयहरु गम्भीर प्रश्न उठाए ।
यस विषयमा बुझ्दै जाँदा मुख्यमन्त्री आईतवार राति नै जनकपुरधाम फर्किसकेको बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन