zoom app for windows surface zoom download center windows 11 zoom software download page download zoom for pc win 10 do u need pcr test to go abroad

जनमत पार्टीको आह्वानमा गौरमा महा रयाली प्रदर्शन

   ३० पुष २०७८, शुक्रबार १५:४५  

रौतहट, ३० पुस । किसानहरुको समस्यालाई लिएर आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताहरुले हलो जुवा, टायरगोरु लिएर रौतहट सदरमुकाम गौरमा सरकार विरुद्ध महा रयाली प्रदर्शन गरेका छन् ।
जनमत पार्टीको आहवानमा गाउँ गाउँबाट किसानहरु सहित पार्टीका कार्यकर्ताहरु हातमा हलोजुवा, टायर गोरु सहित आएकाहरुले संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार विरुद्ध चर्का नाराबाजी गर्दै शुक्रवार गौरमा महा विरोध रयाली प्रदर्शन गरेका हुन् ।


जनमत पार्टीका केन्द्रीय सदस्य ललित मल्लिक सानुको नेतृत्वमा निस्किएको महा रयाली स्थानीय विपी चोकबाट सुरु भई धर्खन चोक, नेपाल लज, ट्रान्समिटर चोक, भन्सार कार्यालय भएर गौर नगरपरिक्रमा गरी पुन ः विपी चोकमा आएर कोर्ण सभामा परिणत भएका थिए ।
कोर्ण सभालाई सम्बोधन गर्दै पार्टीका प्रकाशन विभाग प्रमुख तथा केन्द्रीय सदस्य सानुले अन्न भण्डारको रुपमा चिनिएका तराई मधेशका जिल्लाका किसानहरु आ आफना खेतमा बाली लगाउने समयमा विऊविजन र रासायनिक मलको चरम अभाव रहदा पनि देशमा रहेका तिनै सरकार किसानहरुलाई कुनै सुविधा उपलब्ध गराउन नसक्दा किसानहरुको विचल्लि भएको आरोप लगाए ।
खेती गर्न समयमा विऊविजन सहितको रासायनिक मल उपलब्ध गराउनु सरकारको नितान्त आवश्यक भएपनि जिम्मेवारी लिएर बसेका संघिय सरकारको कृषि तथा पशु पंक्षि मन्त्री महेन्द्र राय यादवको गैर जिम्मेवारीपन अभिव्यक्तिबाट तराई मधेशका किसानहरुको विल्ली बाठ भएको हुँदा किसानहरुको समस्या समाधान नभए सम्म आन्दोलनका कार्यक्रमहरु जनमत पार्टीद्धारा जारी रहने चेतावनी दिए ।
विउ र रासायनिक मलको अभावमा कतिपय किसानहरुको खेत अझै बाँझो रहेको र नगदे बालीको रुपमा रहेका उखु किसानको बक्यौता रकम तथा उचित मूल्य निर्धारण हुन नसक्दा नेपाली किसानहरु खेतीपाती गर्नबाट विस्थापित भई पलायन हुने अवस्थामा पुगेको हुँदा अविलम्ब यहाँका किसानहरुको वारेमा उचित सम्बोधन गरी आन्दोलनको क्रममा घाईते भएका अंगभंग भएका किसानहरुलाई यथोचित उपचारको व्यवस्थापन गरेर किसान संग वार्ता नभए सशक्त आन्दोलन सुरु गर्ने समेत उनले चेतावनी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै