एआई प्रविधिबाट तयार पारिएका साँकेतिक तस्वीर ।
रौतहट, १० भदौं । नेपालका नारायणी नदीको माथिल्लो जलाधार क्षेत्रमा अचानक आएको बाढीपछि सम्भावित जोखिमलाई मध्य नजर राख्दै भारतको बिहारमा हाई अलर्ट अवस्थामा राखिएको छ ।
नारायणी नदीलाई भारतमा (गण्डक नदी भन्ने गरिन्छ) यसको जलस्तर र बहाव अचानक बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बिहार सरकार, विपद् व्यवस्थापन विभाग तथा सम्बन्धित जिल्ला प्रशासनले नदीसँग जोडिएका जिल्लाहरुमा हाई अलर्ट जारी गरेको हो ।
नेपालमा फ्ल्यास फ्लडको अवस्था सिर्जना भएपछि गण्डक नदीमा अचानक ठूलो जलप्रवाह आउन सक्ने चेतावनी दिइएको छ । बिहारमा करिब ३ मिटरसम्म उचाइको फ्ल्यास फ्लडको वेभ आउन सक्ने सम्भावना व्यक्त गरिएपछि पश्चिम चम्पारण, बगाहा, सीतामढी, पूर्वी चम्पारण र गोपालगञ्ज लगायत गण्डक आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको बताइएको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । सर्वसाधारणलाई गण्डक नदीको किनारमा नजान तथा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना र अफवाहमा विश्वास नगर्न समेत अपिल गरिएको छ ।
यसैबीच, बिहारका मुख्य सचिव प्रत्यय अमृतको अध्यक्षतामा सम्भावित बाढीको अवस्थाबारे उच्चस्तरीय समीक्षा बैठक बसेको छ । भिडियो कन्फरेन्स मार्फत भएको बैठकमा जोखिममा पर्न सक्ने जिल्लाका जिल्ला अधिकारी तथा वरिष्ठ प्रहरी अधिकारी सहभागी भएका थिए ।
बैठकमा नेपालमा विकसित बाढीको अवस्था र त्यसको बिहारमा पर्न सक्ने सम्भावित प्रभावबारे समीक्षा गर्दै सम्बन्धित जिल्लालाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ । उद्धार, राहत तथा सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राख्न पनि प्रशासनलाई निर्देशन दिइएको जनाइएको छ ।
नदी तथा बाढी सम्बन्धी विषयमा लामो समयदेखि काम गर्दै आएका इन्जिनियर दिनेश कुमार मिश्रका अनुसार नेपालमा आएको अचानक बाढीका कारण गण्डक आसपासका बिहारका जिल्लामा जोखिम बढेको छ ।
यद्यपि बिहार प्रशासनले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको जनाए । सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वतयारी र निगरानी तीव्र पारिएको प्रशासनको भनाइ छ । स्थानीयवासीलाई प्रशासनबाट जारी हुने आधिकारिक सूचनालाई मात्र विश्वास गर्न र गण्डक नदीबाट सुरक्षित दूरी कायम राख्न आग्रह गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन