एआई प्रविधिको सहयोगमा तयार पारिएका साँकेतिक तस्वीर ।
रौतहट, १० भदौं । विपद्ग्रस्त नेपालमा बाढीपीडितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्कालको लागि सहयोगी हात बढाएका छन् ।
बाढीबाट भएको क्षतिको विवरण सार्वजनिक हुनासाथ तीनै पक्षले नेपाल सरकारसँग समन्वय गर्दै आपतकालीन सहयोगको प्रक्रिया अघि बढाएका हुन् ।
विश्व बैंकका नेपाल राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग समन्वय गर्दै विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरूप २५ अर्बसम्म सहयोग गर्न सकिने जानकारी गराएको अर्थमन्त्रीको सचिवालयले जनाए ।
यसैगरी, दक्षिणी छिमेकी भारतले बाढीपीडितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारसँग आग्रह गरे । प्रधानमन्त्री, अर्थमन्त्री लगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आजै काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिए ।
उत्तरी छिमेकी चीनले पनि नेपाललाई तत्काल नगद सहयोग उपलब्ध गराउने तयारी गरेको छ । चिनियाँ राजदूत जाङ माओमिङले सहयोग रकम पठाउने प्रक्रिया सुरु गर्न अर्थमन्त्री मार्फत नेपाल सरकारलाई आग्रह गरेका छन् ।
विपद्को घडीमा छिमेकी मुलुक र दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धता प्रति नेपाल सरकारले आभार व्यक्त गरेको छ । अर्थमन्त्री डा. वाग्लेको सचिवालयका अनुसार सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा अन्तर–सरकारी समन्वय तथा सहयोगको मोडालिटी बारे छलफल भइरहेको छ ।
बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत वितरण र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै सरकारले अन्तर्राष्ट्रिय सहयोगलाई एकीकृत रूपमा परिचालन गर्ने तयारी गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन