एआई प्रविधिको सहयोगमा तयार पारिएका साँकेतिक तस्वीर
रौतहट, १० भदौं । रसुवा–भोटेकोशी–टिमुरे–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीले जलविद्युत् आयोजना, प्रसारण संरचना तथा हजारौँ घरपरिवारमा ठूलो क्षति पुर्याएको भन्दै प्रभावित क्षेत्रको तत्काल उद्धार, राहत र व्यवस्थापनका लागि आपतकालीन अवस्था घोषणा गर्न सरकार सँग माग गरिएको छ ।
बाढीका कारण नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका २४ मेगावाट त्रिशूली, १४ मेगावाट देवीघाट, ६० मेगावाट माथिल्लो त्रिशूली–३ ‘ए’, २२ मेगावाट चिलिमे, १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजना तथा २५ मेगावाटको सोलार पावर प्लान्ट पूर्ण रूपमा प्रभावित भएको विवरण सार्वजनिक गरिएको हो ।
त्यस्तै, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा व्यापक क्षति पुगेको जनाइएको छ । बाढीले प्रसारण लाइन तथा वितरण प्रणालीका विभिन्न संरचनामा समेत ठूलो क्षति पुर्याएको बताइएको छ ।
बाढीका कारण हजारौ मानिस विस्थापित तथा प्रभावित भएका छन् भने हजारौ घरमा समेत क्षति पुगेको विवरणमा उल्लेख छ । विद्युत् उत्पादन देखि प्रसारण तथा वितरण सम्मका महत्वपूर्ण संरचना प्रभावित भएपछि त्यसको प्रत्यक्ष असर विद्युत् आपूर्ति र पुनःस्थापनामा समेत पर्न सक्ने देखिएको विज्ञहरु बताउँछन् ।
विपद्को गम्भीर अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यका सहित नुवाकोट, रसुवा र धादिङमा आपतकालीन अवस्था घोषणा गर्न सरकारसँग माग गरिएको छ ।
स्वयंसेवक सहित सरकारी तथा गैरसरकारी संयन्त्रलाई तत्काल परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान तीव्र पार्नुपर्ने माग गरिएको छ । बाढीबाट भएको क्षतिको विस्तृत मूल्यांकन गर्दै विद्युत् तथा अन्य अत्यावश्यक पूर्वाधारको पुनःस्थापनालाई समेत उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकतामा विज्ञहरुले जोड दिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन