रौतहट, १० भदौं । विकानशकारी बाढीका कारण रसुवामा ४ सय ३ जना पर्यटक सम्पर्कविहीन भएको अहिले सम्म खुलासा भएका छन् ।
राजधानी स्थित विभिन्न मिडिया रिपोर्टका अनुसार नेपाल पर्यटन बोर्डको तथ्याँकका आधारमा अहिले सम्म सम्पर्क विहीन हुनेहरुमा ३ सय ४१ जना विदेशी र ६२ जना नेपाली पर्यटक रहेको खुलासा गरिएका हुन् ।
सम्पर्कविहीन पर्यटकमध्ये २ सय ३ जना पुरुष र २ सय जना महिला रहेको पर्यटन बोर्डले जनाए । बाढी प्रभावित क्षेत्रमा पर्यटकहरू सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि थप समन्वय आवश्यक देखिएको छ ।
पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा बढि भारतीय नागरिक रहेका छन् । १ सय ३३ जना भारतीय पर्यटक सम्पर्क विहीन रहेको बताइएको छ । भारतपछि अमेरिकाको ४७, अस्ट्रेलियाको ३४, बेलायतको ३३, क्यानडाको २४, मलेसियाको १९, युक्रेनको ७ र दक्षिण अफ्रिकाको ६ जना जनाइएको हो ।
त्यसैगरी सिंगापुरका ६, न्युजिल्यान्डका ५, जापानका ५, जर्मनीका ४, फ्रान्सका ३ र स्पेनका २ जना पर्यटक पनि सम्पर्कविहीन रहेको पर्यटन बोर्डको तथ्याँकमा उल्लेख रहेको छ ।
रसुवामा बाढीका कारण पर्यटकीय क्षेत्रमा समेत आवागमन प्रभावित बनेपछि सम्पर्कविहीन पर्यटकको अवस्था पत्ता लगाउन तथा उद्धारलाई तीव्र बनाउन सम्बन्धित निकायहरू सक्रिय हुनुपर्ने अवस्था देखिएको छ ।
बाढी प्रभावित क्षेत्रको दष्य हेर्दा एकदमै हृदयविदार तथा त्रासदीपूर्ण रहेको हुँदा सम्पूर्ण नेपाली दुखको घडी हामी साथ छौं र बाढि पिडितका बाँच्न सफल भएका बासिन्दाहरुको जीवन यापनको लागि केही गरौं भन्ने समेत तराई टप अनलाईनले सार्वजनिक रुपमा अपिल गर्दछ ।
सबै नागरिक राज्यलाई सहयोग गरी पिडित समक्ष प्रारम्भी राहत पुर्याउन नेपाल सरकारलाई विपद उद्धार कोषमा गच्छ अनुसारको सहयोग गरौं अपेक्षा छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन