रौतहट, ११ भदौं । रसुवा बाढीमा परेर बेपत्ता भएकामध्ये ८ जिल्लाबाट १६२ जनाको शव फेला परेका छन् ।
बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिन अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिमबाट गरी १६२ शव फेला परेका हुन् ।
रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको प्रहरी बुलेटिनमा उल्लेख छ ।
भोटेकोसी नदीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट मात्रै ६४ शव फेला परेको प्रहरीले जनाए । फेला परेका शव मध्ये चितवनमा भेटिएका शव भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले जानकारी दिए । शवगृह भरिएपछि थप शव व्यवस्थापनमा चुनौती देखिएको छ । शव अटाउने ठाउँ नभएपछि अब फेला पर्ने शवलाई औद्योगिक प्रतिष्ठानका कार्यालयमा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
एसपी पौडेलका अनुसार तनहुँमा फेला परेका ९ शव चितवन पठाइएको थियो । तर भरतपुर अस्पतालको शवगृहमा ठाउँ अभाव भएपछि ती शव पुनः तनहुँ नै फिर्ता गरिएको छ ।
बाढीमा बेपत्ता भएकाहरूको खोजीका लागि जिल्ला स्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा खोज तथा उद्धार अभियान तीव्र बनाइएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन