रौतहट, ११ भदौं । बाढीबाट प्रभावित नेपाललाई विश्व बैंकले १७ करोड अमेरिकी डलर (करिब २५ अर्ब नेपाली रुपैयाँ) बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयका अनुसार उक्त सहयोग मध्ये १ करोड अमेरिकी डलर तत्कालको राहत तथा पुनःस्थापनाका लागि ‘रयापिड रेस्पोन्स अपरेसन’ मार्फत परिचालन गरिने भएको हो ।
बाँकी रकम बाढीबाट क्षतिग्रस्त क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा उपयोग गरिने अपेक्षा गरिएको छ ।
विश्व बैंकको सहयोग परिचालनका लागि सरकारले आवश्यक औपचारिक प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसका लागि संकटकाल घोषणा गरी त्यस सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएपछि विश्व बैंकले तत्काल सहयोग परिचालनको प्रक्रिया अघि बढाउनेछ ।
बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला विश्व बैंकको उक्त सहयोगले तत्काल राहत, पुनःस्थापना तथा दीर्घकालीन पुनर्निर्माणमा महत्वपूर्ण टेवा पुग्ने सरकारको अपेक्षा छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन