रसुवाको बाढीपहिरोमा रौतहटका चार जना बेपत्ता, दुई जनाको अवस्था अझै अज्ञात

0 Shares

रौतहट, ११ भदौं । रसुवामा आएको विनाशकारी बाढीपहिरोले रौतहटका परिवारमा पनि गहिरो पीडा थपेको छ ।
बाढीपहिरोपछि रौतहट घर भएका चार जना सम्पर्कविहीन तथा बेपत्ता रहेको पुष्टि भएको हो ।
थप दुई जना सम्पर्कविहीन भएको सूचना आए पनि उनीहरूको अवस्था र पहिचान पुष्टि हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बेपत्ता तथा सम्पर्कविहीन मध्ये दुई जना रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत रहेका थिए । एक जना रसुवा बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका थिए भने अर्का एक जना नुवाकोटको बेत्रावतीमा आएको बाढीमा बगेको बताइएको छ ।
गरुडा नगरपालिका–१ का ३४ वर्षीय सुधीर कुमार साह बाढीपछि सम्पर्क विहीन छन् । उनी २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियरका रूपमा कार्यरत थिए । साह सँग सम्पर्क हुन नसकेपछि आफन्त जय विक्रान्त साहले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराए ।
यसैगरी, वृन्दावन नगरपालिका–२ का गौरव राउत पनि सोही आयोजनामा तालिमप्राप्त प्राविधिकका रूपमा कार्यरत रहेको र बाढीपछि सम्पर्क विहीन भएको प्रशासनले जनाए ।
ईशनाथ नगरपालिकाका १९ वर्षीय शेख मजिद पनि रसुवा बजारबाट सम्पर्कविहीन अवस्थामा छ । उनी त्यहाँ मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका थिए । आफन्तका अनुसार भदौ १० गते बिहान करिब ९ बजेदेखि मजिद परिवारको सम्पर्कमा छैनन् । उनका दाजु शेख नौसादले विपद व्यवस्थापन समिति रौतहटमा जानकारी गराएको बुझिएको छ ।
वृन्दावन नगरपालिका–३ पिपराका ईमराजुल मन्सुरीका करिब १२ वर्षीय छोरा समिर मन्सुरी नुवाकोटको बेत्रावतीमा आएको बाढीमा बगेर बेपत्ता भएकोछ ।
बेत्रावतीमा सिरक–डसनाको व्यवसाय गर्दै आएका मन्सुरीका छोरा समिरलाई हिजो आएको बाढीले बगाएको र हालसम्म फेला पार्न नसकिएको जनाइएको छ । घटनाबारे स्थानीय पूर्ववडाध्यक्ष सचिन्द्र प्रसाद यादवले विपद व्यवस्थापन समिति रौतहटलाई जानकारी दिएको बताए ।
गुजरा नगरपालिका र चन्द्रपुर नगरपालिकाका एक–एक जना पनि बाढीपछि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । यद्यपि उनीहरूको नाम, अवस्था र घटना सम्बन्धी विवरण भने अहिलेसम्म पुष्टि हुन नसकेको बताए ।
जिल्ला प्रशासन कार्यालयले प्राप्त सूचनाहरू संकलन गर्दै सम्बन्धित निकायसँग समन्वय गरी बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि पहल भइरहेको जनाए ।
पुष्टि भएका बेपत्ता तथा सम्पर्कविहीन
सुधीर कुमार साह, गरुडा–१ — ९८६९६६३६१३
गौरव राउत, वृन्दावन–२ — ९८४००७२३४५
शेख मजिद, ईशनाथ नगरपालिका — दाजु शेख नौसाद ः ९७०७९७८०२६
समिर मन्सुरी, वृन्दावन–३, पिपरा —९८२११५१७८४

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।