रौतहट, ११ भदौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि भारतले थप ३७.५ टन मानवीय सहायता तथा विपद् प्रतिकार्य सामग्री पठाएको छ ।
राहत सामग्री, अत्यावश्यक औषधि तथा खाद्यान्न बोकेको भारतीय वायुसेनाको दोस्रो विमान बिहीबार दिउसो काठमाडौं आइपुगेको हो ।
भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल मार्फत नेपालका लागि राहत सामग्री बोकेको दोस्रो भारतीय वायुसेनाको विमान उडेको जानकारी दिएका थिए । उनका अनुसार विमानमा ३७.५ टन मानवीय सहायता तथा विपद् प्रतिकार्य सामग्रीसँगै औषधि र खाद्यान्नका प्याकेट छन् ।
विमान काठमाडौं अवतरण गरेपछि राहत सामग्री हस्तान्तरणको प्रक्रिया अघि बढाइएको विमानस्थल स्थित नागरिक उड्डयन कार्यालयले जनाए । सामग्री हस्तान्तरण पछि भारतीय वायुसेनाको विमान भारत फर्किएको छ ।
यसअघि बुधबार राति पनि भारतीय वायुसेनाको विमान १० टन राहत तथा उद्धार सामग्री लिएर काठमाडौं आएको थियो । नेपाल सरकारको आग्रहमा भारतले बाढी प्रभावित नागरिकका लागि पहिलो चरणमा मानवीय सहायता, राहत सामग्री तथा अत्यावश्यक औषधि उपलब्ध गराएको हो ।
पहिलो चरणको राहत सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललाई हस्तान्तरण गरेका थिए ।
विदेशमन्त्री जयशंकरले भारत नेपालका सम्बन्धित सरकारी निकायसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा भारतले बलियो सहयोग जारी राख्ने बताए ।
भारतबाट लगातार राहत सामग्री नेपाल आउन थालेसँगै बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक खाद्यान्न, औषधि तथा उद्धार सामग्री उपलब्ध गराउन भारत सरकार कटिबद्व रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन