चीन–नेपाल सीमामा बन्यो विशाल कृत्रिम ताल, २० लाख घनमिटर पानी जम्माः कुनैपनि समयमा फुट्ने जोखिम उच्च

0 Shares

रौतहट, ११ भदौं । चीन–नेपाल सीमाक्षेत्रमा गएको भीषण पहिरोका कारण नदी थुनिएर बनेको ‘ब्यारियर लेक’ (प्राकृतिक बाँध) मा करिब २० लाख घनमिटर पानी जम्मा भएको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।
चिनियाँ मन्त्रालयका अनुसार ताल फुट्न सक्ने जोखिमलाई मध्यनजर गर्दै चिनियाँ अधिकारीहरूले निरन्तर निगरानी र बाढीको सम्भावित प्रभावको विश्लेषण गरिरहेको र त्यसको सूचना नेपाली अधिकारीहरुलाई गराइरहेको हो ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार बिहीबार बिहान सम्म छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगमस्थल नजिक बनेको उक्त प्राकृतिक तालमा २० लाख घनमिटर पानी जम्मा भएको छ । उक्त तालबाट पानी बाहिरिन थाले पनि आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी थपिन सक्ने अनुमान गरिएको छ ।
पानीको मात्रा थपिदै गएमा प्राकृतिक बाँध फुटेर तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने जोखिम रहेको चिनियाँ जलस्रोत मन्त्रालयले चेतावनी जारी गरेका छन् । मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गर्दै सम्भावित बाँध फुट्ने अवस्थाको पूर्वानुमान गर्न बाढी सिमुलेसन तथा प्राविधिक विश्लेषण गरिरहेको जनाए ।
पुरेपु त्साङ्पो नदी तिब्बतमा बहने नदी हो, जुन नेपालको भोटेकोशी–त्रिशूली नदी प्रणाली सँग जोडिएको छ । त्यस्तै छोचेन खोला नेपाल–चीन सीमा क्षेत्रमा बग्ने त्रिशूली–भोटेकोशी प्रणालीको महत्वपूर्ण माथिल्लो सहायक नदी हो ।
केरुङ क्षेत्रमा उद्धार तीव्र
नेपाल–चीन सीमाको रसुवा–केरुङ क्षेत्रमा गएको विनाशकारी पहिरो तथा बाढीपछि दुवैतर्फ उद्धार तथा राहत कार्य तीव्र पारिएको छ । बाढी तथा पहिरोका कारण चीनको दक्षिण पश्चिमी तिब्बत स्वायत्त क्षेत्रस्थित क्यिरोङ (केरुङ) बन्दरगाह समेत प्रभावित भएको छ ।
चिनियाँ अधिकारीहरूले उद्धार तथा राहतका लागि जनमुक्ति सेना, उद्धारकर्मी, इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा विभिन्न राहत संस्थालाई परिचालन गरेका छन् । प्रभावित क्षेत्रमा जनशक्ति, विमान, उद्धार उपकरण तथा राहत सामग्री सहित टोलीहरू खटिएका छन् ।
नेपालतर्फ पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल उद्धार तथा राहत कार्यमा परिचालित छन् । कठिन भौगोलिक अवस्था, निरन्तर वर्षा र थप पहिरोको जोखिमका बीच उद्धार कार्य जारी रहेको छ ।
चीनतर्फ ५५८ बेपत्ता
चिनियाँ अधिकारीहरूका अनुसार बिहीबार बिहानसम्म बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा चीनतर्फ तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन् । बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको जनाइएको छ ।
नेपालतर्फ भने भोटेकोशी बाढी तथा त्यसपछिको विपत्तिमा मृत्यु हुनेको संख्या २७० पुगेको नेपाल प्रहरीले जनाए । चितवनमा १०८, पूर्वनवलपरासीमा ६२, धादिङमा २७, पश्चिम नवलपरासीमा १५, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ र रसुवामा १७ जनाको शव फेला परेको प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
प्रहरीका अनुसार विभिन्न अस्पतालमा ५२ जना उपचाररत छन् । त्रिवि शिक्षण अस्पतालमा २६, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा २, नर्भिक अस्पतालमा २, मनमोहन अस्पतालमा १ र वीरेन्द्र सैनिक अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।
प्राकृतिक बाँधमा पानीको मात्रा थपिँदै गएको अवस्थामा सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाल र चीन दुवैतर्फ उच्च सतर्कता अपनाइएको छ । विशेषगरी प्राकृतिक बाँध फुटेमा त्यसको प्रभाव भोटेकोशी–त्रिशूली नदी प्रणालीमा पर्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा समेत सावधानी अपनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।