एजेन्सी
फिलिपिन्स, १ माघ । पटक पटक चीन संग भईरहेको तनावलाई मध्य नजर राख्दै फिलिपिन्स भारतबाट बह्मोस मिसाइल किन्ने भएको छ ।
फिलिपिन्स संसदले शुक्रबार ब्रह्मोस एयरोस्पेस प्रालिबाट आफ्नो नौसेनाका लागि एन्टी–शिप मिसाइल प्रणाली भारतबाट खरिद गर्ने स्वीकृति दिएको हो । यो प्रस्ताव लगभग ३७=९ मिलियन अमेरिकी डलर रहेको छ । ब्राह्मोसका अधिकारीहरूलाई फिलिपिन्सको राष्ट्रिय रक्षा विभागले जानकारी दिएको बताइएका छन् ।
यसै हप्ता जनवरी ११ मा भारतीय नौसेना र रक्षा अनुसन्धान र विकास संगठन (डिआरडिओ) ले ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको थियो । मिसाइल भारत र रुसको संयुक्त उत्पादन हो । जहाँ डिआरडिओ ले भारतीय कम्पनी हो ।
हालसालै सामेल गरिएको भारतीय नौसेनाको नवीनतम युद्धपोत आईएनएस विशाखापट्टनमबाट मिसाइल परीक्षण गरिएको थियो । ब्रह्मोस भारतीय नौसेना युद्धपोतहरूको मुख्य हतियार प्रणाली हो र यसको लगभग सबै सतह प्लेटफार्महरूमा तैनाथ गरिएको छ ।
यसको अन्डरवाटर संस्करण पनि विकास भइरहेको छ जसलाई भारतको पनडुब्बीले मात्र प्रयोग गर्ने मात्र नभई, मित्र राष्ट्रहरूमा निर्यातको लागि पनि प्रस्ताव गरिनेछ । यसबाट चीनलाई किन तनाव
दक्षिण चीन सागर देखि लद्दाख सम्म आँखा देखाउने चिनियाँ ड्र्यागनलाई ठूलो झट्का लागेको छ । ड्र्यागनको प्रकोप सँग लडिरहेको दक्षिण पूर्व एसियाली देशले भारत सँग विश्वको सबैभन्दा तीव्र गतिको सुपरसोनिक एन्टी–शिप क्रुज मिसाइल ब्रह्मोस खरिद गर्न स्वीकृत गरेको छ ।
यो सम्पूर्ण मिसाइल सम्झौता करिब ४ ३७=०४ मिलियनको हुनेछ । यस सम्बन्धमा दुई देशबीच छिट्टै सम्झौता हुनेछ । ब्रह्मोस मिसाइलको लागि यो पहिलो विदेशी खरिद कर्ता हो । फिलिपिन्स अमेरिकाको सहयोगी भए पनि चीन विरुद्ध सैन्य तयारीका लागि भारत र रुसले मिलेर बनाएको ब्रह्मोस मिसाइलमा विश्वास व्यक्त गरेको छ । चाँडै नै चीनको अर्को छिमेकी देश भियतनामले पनि भारत सँग ब्रह्मोस मिसाइलका लागि सम्झौता गर्न सक्ने विश्वास गरिएको छ । यस क्षेप्यास्त्र सम्झौतालाई लिएर दुवै देशबीच वार्ता भइरहेको छ । क्षेप्यास्त्र खरिदका लागि इन्डोनेसिया लगायत धेरै खाडी मुलुकले चासो देखाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन