रौतहट, १३ भदौं । रसुवा लगायत विभिन्न क्षेत्रमा आएको भीषण बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६६९ पुगेको छ ।
नेपाल प्रहरीले शनिबार दिउँसो ४ बजे सम्मको पछिल्लो तथ्याँक सार्वजनिक गर्दै बाढी पहिरोमा परेर अहिले सम्म ६६९ जनाको शव फेला परेको जनाएको हो ।
चितवन मात्रै २४८ शव फेला परेका छन् । त्यस्तै, पूर्वी नवलपरासीमा १५८, पश्चिम नवलपरासीमा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीको तथ्याँकमा उल्लेख रहेको छ ।
विपदमा परेका २ हजार ३०१ जनाको उद्धार गरिएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रहरीले निरन्तरता दिएको जनाए ।
यसैबीच, प्रहरीको पछिल्लो तथ्यांकअनुसार २७ जना प्रहरी अझै हराइरहेका छन् । विपद् प्रभावित क्षेत्रमा बेपत्ता तथा जोखिममा रहेकाहरुको खोजी कार्य तिव्र रुपमा जारी रहेको प्रहरीले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन